• १८ वैशाख २०८१, मङ्गलबार

नेपाल र साउदी अरेबिया भिड्दै

blog

काठमाडौँ, वैशाख ५ गते । ओमानमा जारी एसिसि प्रिमियर कमअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ । 

यसअघिका तीन खेल जितिसकेको नेपाल एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । यसअघि नेपालले कतार, मलेसिया र हङकङलाई पराजित गरेको थियो । समूह एमा नेपालसँगै साउदी अरेबिया, कतार, मलेसिया र हङकङ छन् । समूह बिमा भने तीनमा तीन वटै जित निकालेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ । त्यस्तै समूह बिमा कुवेत, युएई, बहराइन र कम्बोडिया रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

सेमिफाइनलमा विजेता दुई टोलीले फाइनल खेलेसँगै फाइनलमा पनि विजेता टोलीले एसिया कप टी २० प्रतियोगितामा स्थान बनाउनेछ ।