• १९ वैशाख २०८१, बुधबार

नेपाल हङकङबिरुद्ध टस जितेर फिल्डिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख ३ गते । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको तेस्रो खेलमा नेपाल हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दैछ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा ११:४५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिलो सुरु भएको हो । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो । 

यस्तै हङकङ पनि दोस्रो जित निकाल्ने योजनामा छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासँग  ५५ रनले पराजित भएको थियो ।