• २१ वैशाख २०८१, शुक्रबार

वर्षाका कारण नेपाल र हङकङबिचको खेलमा ढिलाइ

blog

काठमाडौँ, वैशाख ३ गते । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाले प्रभावित बनेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा  बिहान ११:४५ बजे सुरु हुनुपर्ने खेलमा टससमेत हुन सकेको छैन ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो । 

यस्तै हङकङ पनि दोस्रो जित निकाल्ने योजनामा छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासँग भने ५५ रनले पराजित भएको थियो ।