• १९ वैशाख २०८१, बुधबार

जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

blog

जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता उद्घाटन गर्दै मन्त्री श्रेष्ठ । तस्बिर: नेत्र शाही

नेत्र शाही

जुम्ला, वैशाख १ गते । जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पाँचौँ संस्करण आज सुरु भएको छ । ४९ किलोमिटर दौड प्रतियोगिताको आज बिहान सुरु भएको हो ।

कर्णाली सपोर्ट क्लबको आयोजना, जिल्ला वन कार्यालय, जुम्लाका स्थानीय तहको सहयोगमा सञ्चालित पाँचौँ संस्करणमा जुम्ला देखी रारा सम्म ५७ जना खेलाडी सहभागी भएका छन् । आयोजक कर्णाली सपोर्ट क्लबका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला देखी रारा सम्मको ४८ किमीमा ५७ जना खेलाडीले भाग लिएका छन् । जसमा १५ जना महिला धावक र ४ जना विदेशी धावक सहभागी भएका छन् । .

जुम्लामा पाँचौ संस्करणको म्याराथन प्रतियोगितामा एक किमी १० वर्ष मुनिका बालबालिका, ५ किमी, १६ वर्ष, मुनिका बालबालिका, १ किमी ज्येष्ठ नागरिक, ५ किमी व्यापारी र कर्मचारीहरूको समेत प्रतियोगिता पनि गरिएको छ ।