• १२ साउन २०८१, शनिबार

वालिङ जिप दुर्घटनामा पाँच जनाको मृत्यु, थप विवरण आउन बाँकी

blog

तस्विर– बिरु गुरुङ र अकाला आवाजको फेसबुक पेजबाट


राधाकृष्ण डुम्रे 

वालिङ, वैशाख ४ गते । स्याङ्जाको वालिङमा जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ । वालिङ १२ बाट वालिङको बाँयटारी बजारतर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्बरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको हो । 

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकी छ । ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ । 

अहिले पनि उद्धारकार्य जारी छ । यस बारे थप विवरण आउन बाँकी छ । 

जिप सडकबाट सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा ११ जना सवार रहेका बताइएको छ ।