• २१ वैशाख २०८१, शुक्रबार

धर्म संरक्षण गर्न लाखौँ दान

blog

कृष्णराज खनाल

अमेरिका, चैत २८ गते ।  अमेरिका आए पनि नेपालीलाई आफ्नो धर्म र संस्कृति कति प्यारो छ भन्ने कुरा अमेरिकाका विभिन्न राज्य र स्थानमा खुलेका धार्मिक अनुष्ठान, सांस्कृतिक केन्द्र र बुद्ध गुम्बा, हिन्दु मन्दिरको निर्माणबाट प्रस्ट हुन्छ ।

हाल अमेरिकामा बसोबास गर्ने डा. श्याम कार्की र उहाँकी पत्नी इन्दिरा कार्कीले गत हप्ता मेरिल्यान्डको बाल्टिमोरमा सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका अवसरमा १२ लाख अमेरिकी डलर  नेपाली अमेरिकन कल्चरल सेन्टर अन्तर्गत हिन्दु बुद्ध मन्दिर निर्माणका लागि सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ । महायज्ञमा करिब एक हजार जनाले करिब ३० लाख डलर प्रदान गरेको आयोजकले जनाएका छन् । कार्की दम्पतीले यो रकममध्ये सन् २०१८ मा भवन किन्नका लागि एक लाख २५ हजार डलर, गत हप्ता एक लाख ५१ हजार डलर प्रदान गरिसक्नुभएको छ भने आफ्नो शेषपछि वा आफ्नो उमेर ९० वर्ष भएपछि १० लाख डलर दिने मृत्युपछिको इच्छापत्र दिनुभएको छ ।