• १२ साउन २०८१, शनिबार

‘शाडेनफ्रोएडा’ विमोचन

blog

काठमाडौँ, चैत १९ गते । कवि विप्लव प्रतीकको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ विमोचन गरिएको छ । सङ्गीतकार न्ह्यु वज्राचार्य, अभिनेता सुनील थापा र साङ्गीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आमपाठकमाझ यसलाई पस्केको घोषणा गर्नुभयो । 

पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्म समेट्दै अघि बढेका देखिन्छन् भने यसले काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको ‘शाडेनफ्रोएडा’ लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।

विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकुसङ्ग्रह पहिलो पटक पाठकमाझ प्रस्तुत गर्न सफल हुनुभएको छ । तीन हरफमा जम्मा १७ अक्षरभित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको बचत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने लेखकले बताउनुभयो ।