• १५ वैशाख २०८१, शनिबार

राष्ट्रपतिलाई रनिङ सिल्डको निमन्त्रणा

blog

राष्ट्रपति रामचन्द्र पौडेल (बायाँ) लाई निमन्त्रणा पत्र प्रदान गर्नुहुँदै सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, चैत १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरिएको छ ।

राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले शीतल निवासमा राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र प्रदान गर्नुभयो । सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेलको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रनिङ सिल्ड वैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ । उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेशबाट आठ सय पाँच खेलाडीको सहभागिता रहने छ । जसमा ५० स्वर्ण, ५० रजत र ६६ कांस्य गरी जम्मा एक सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेस्रोपटक उपाधि जित्न सफल भएको थियो ।