• १३ साउन २०८१, आइतबार

ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

blog

दुर्घटनामा परेको ट्याक्टर । तस्विरः राज गुरुङ

गुणबहादुर रोका

सुलीकोट, चैत १२ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका –१ को माच्चेमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गोरखा नगरपालिका–११ सिर्दिखोलाका रबिन मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

आइतबार राति ८ बजेको समयमा ग १ त ६९२४ नम्बरको ट्याक्टर लाप्राकबाट बालुवा लिनेक्रममा राङरुङ जाँदैगर्दा अत्यधिक मात्रामा पानी परेको र बेलुका हुस्सु  लागेकाले ट्याक्टर अनियन्त्रित भई करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

सय मिटर तल खसेको ट्याक्टरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ । दुर्घटना स्थलबाट तत्काल घाइतेको उद्धार गरी प्रहरी र स्थानीयको सहयोगमा चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।