• १३ साउन २०८१, आइतबार

‘खुसीका रङ्ग छर्दै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिलोस्’

blog

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट

सन्तोष सुवेदी
कास्की, चैत ११ गते ।
 गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमार्फत उहाँले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘‘खुसीको रङ्गहरू छर्दै मौलिक संस्कृतिहरूको संरक्षण र  संवर्द्धन गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’’

नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेशमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व) मनाइने गरिन्छ ।