• १३ साउन २०८१, आइतबार

क्षयरोगले आठ महिनामा १२ को मृत्यु

blog

अर्जुन काफ्ले
स्याङ्जा, चैत ९ गते ।
स्याङ्जामा क्षयरोगका कारण पछिल्लो आठ महिनामा १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा १४ जनाको मृत्यु भएको थियो ।

क्षयरोगका गत आर्थिक वर्षमा २६७ जना बिरामी भेटिएकोमा ९२ प्रतिशतले निको भएकोमा यस आर्थिक वर्षमा १३१ जना फेला परेका हुन् ।  क्षयकुष्ठ अधिकृत विष्णु सुवेदीले यस आर्थिक वर्षमा निको हुनेको दर ८८ प्रतिशत रहेको सुवेदीले बताउनुभयो ।

११ पालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङजामा ३९ जना बिरामी भेटिएका छन् भने अर्जुन चौपारीमा बिरामीको सङ्ख्या शून्य छ । यस्तै, हरिनाशमा एक र फेदिखोलाा दुई जना बिरामी भेटिएका छन् । यहाँ तीन जना बच्चा क्षयरोगको बिरामी फेला पर्दा १२ जना जोखिम र दुई जना जीर्ण बिरामी रहेको सुवेदीले बताउनुभयो ।

यहाँ १२१ स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी तथा उपचरा पाउने गरेको छन् भने छ वटा माइक्रोस्कोपी निदान केन्द्र र एक जिन एक्स्पर्ट केन्द्र(वालिङ) बाट सेवा पाउने गरेका छन् ।

समयमै क्षयरोगको परीक्षण नगदा पछिल्लो समयमा चुनौती बनेको बताउनुहुँदै सुवेदीले जिल्लामा अहिले भेटिएको बिरामीको सङ्ख्याभन्दा बढी रहेको बताउनुभयो ।

क्षयरोगीको निधानका लागि जनचेतना तथा सबै चासो हुनुपर्ने बताउनुहुँदै सुबेदीले माइक्रोस्कोपी निदान केन्द्र र एक जिन एक्स्पर्ट केन्द्र ठाउनुपर्ने बताउनुभयो ।

साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, कमजोर हुँदै जानु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु, खकारमा रगत देखिनु क्षयरोगका लक्षय रहेको र लगातार छ महिना औषधी सेवन गरे निको हुनेछ ।

सन् २०५० सम्मा क्षयरोगविहीन विश्वको परिकल्पनासहित “हो हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने नाराका साथ यही मार्च २४ गते विश्व क्षयरोग दिवस मनाइँदैछ ।