रमाइलो बाल साहित्य
बालपत्रिका ‘मुना’को नयाँ स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’का लागि यस पटक हामीले वि सं. २०१२ मा खाँदबारी, सङ्खुवासभामा जन्मनुभएकी साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानको पूर्वप्राज्ञ परिषद् सदस्य तथा मनोहरा माध्यमिक विद्यालय काठमाडौंकी पूर्वप्रधानाध्यापक नर्मदेश्वरी सत्यालसँग एसओएस हर्मनमाइनर विद्यालय पनौतीमा कक्षा ९ मा पढ्ने छात्र सृजन भट्टराईले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार नर्मदेश्वरी सत्याल र बालक सृजन भट्टराईको संवाद :
केटाकेटीको प्यारो मुना
मुना पाई केटाकेटी सबै परे दङ्ग मुनाले उनीहरूको जीवनमा उमङ्ग । कहिले आउँछ भनी हामी पर्खिरहन्छौँ
चैत महिनामा डर
रुखहरूबाट पात झर्छ निसास्सिने गरी हुरी चल्छ आँखै हेर्न नहुने गरी छारो र धुलो बेस्सरी उड्छ
शीर्षक के हो ?
एउटा सानो घरमा आमा र छोरी बस्थे । छोरी विनिता साह्रै अल्छी थिइन् । आमाले भनेको कुरा पटक्कै नमान्ने, गुरुआमा र गुरुबाले दिएको गृहकार्य नगर्ने र सकेको काम पनि नगर्ने भएको हुनाले ऊ जहिले फेल भएर बस्थिन् । आमाले विनितालाई सम्झाउँथिन् तर विनिताले मान्दिनथिन् । आमाले ‘गृहकार्य गर’ भन्दा विनिताले ‘मैले त विद्यालयमा नै गरिसकेँ’ भनेर ढाँट्ने गर्थिन् । उसको बानी देखेर सबैले उसलाई गाली
‘बालबालिका रङ्गमञ्चमा’
भाइबहिनीहरू ! मुनाको नयाँ अङ्कमा हामी पढ्ने छौँ हामी सबैलाई मन पर्ने रङ्गकर्मी केदार श्रेष्ठका बारेमा । उहाँ थिएटर मलका निर्देशक र संयोजक हुनुहुन्छ । भाइबहिनीहरू तपाईंहरूलाई नाटक र रङ्गमञ्चका बारेमा कत्तिको थाहा छ ? हामीले दिनहुँ टेलिभिजन र मोबाइलमा फिल्म, गीत, टेलिसिरियल, खेललगायत कार्टुन हेर्ने ग¥र्छौं तर यसबाहेक वास्तवमा रङ्गमञ्चमा गरिने नाटक यीभन्दा धेरै नै फरक हुन्छन् ।
मन जितेपछि (कविता)
पढ्नु छ धेरै लेख्नु छ धेरै जान्नु छ धेरै सिक्नु छ धेरै तैपनि के हो ! छक्क म पर्छु चञ्चल धेरै यो मन मेरै ।
चैते दशैँ किन मनाइन्छ
भाइबहिनी हो, तिमीहरू प्रायः सबैलाई दशैँ त थाहा नै होला । बडादशैँ अर्को चैत दशैँ भनेर जान्द छौ । चैतमा पनि दशैँ आउँछ र हामी मनाउँछौ पनि । त्यो दशैँलाई हामी चैते दशैँ भन्छौँ । वर्षमा दुई पटक दशैँआउँछ । अनि हामी प्रत्येक वर्ष दुई पटक नै मनाउँछाैँ पनि । एउटा बडादशैँ र अर्को सानो अर्थात् चैते दशैँ । भाइबहिनीहरू अब चैतै दशैँको सुरुवात कसरी भयो र किन मनाइन्छ भन्नेबारेमा जानकारी राखौँ है त । पुराना कथनका अनुसार पहिले पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसमी बदलीका साथै दशैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दशैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
प्रेरक व्यक्तित्त्व म्याक्सिम गोर्की
भाइबहिनी हो ! लेखक बन्ने तिमीहरूको पनि सपना होला । त्यसो भए विश्वविख्यात लेखक म्याक्सिम गोर्कीको जीवन सङ्घर्षबारे जानिराखौँ है त ! गोर्कीको जन्म तत्कालीन रुसको निझ्नी नोभ्गोरोदमा सन् १८६८ मार्च २८ मा गरिब परिवारमा भयो । त्यतिखेर रुसमा जमिनदारहरू दुःख नगरी खेतीको सारा आम्दानी थुपार्थे । किसान र मजदुरलाई कठोर श्रम गर्दा पनि खान पुग्दैनथ्यो ।
रमाइलो संसार
बेलायती अभिनेता रेगे जेन पेजलाई संसारको सबैभन्दा सुन्दर पुरुषको उपाधि दिइएको छ । उनलाई दर्शकको रोजाइका आधारमा नभई एक वैज्ञानिक अनुसन्धानका आधारमा संसारकै सुन्दर पुरुष घोषणा गरिएको हो । ग्रिक गोल्डेन अनुपात समीकरणअनुसार उनलाई संसारको सबैभन्दा सुन्दर पुरुष घोषित गरिएको छ
कत्थककी रानी
सात वर्षीय सानी नानी रोक्सआना श्रेष्ठ सारै राम्रो नृत्य गर्छिन् । सबैलाई चकित पार्ने गरी नै नाच्छिन् । साधारण नृत्य नभएर उनी सबैलाई मोहित पार्ने शास्त्रीय कत्थकमा बढी नृत्य गर्छिन् । थानकोटको पश्चिम बिन्दु माविमा कक्षा २ मा अध्ययनरत रोक्सआना डान्स एकेडेमीमा पनि नियमित अभ्यास गरिरहेकी छिन् । सानै उमेरदेखि उनी कत्थक नृत्य गर्दै आएका कारण नृत्यबाट नै दर्शकलाई मोहित पार्ने गर्छिन् । कत्थक विश्वव्यापी रूपमै प्रसिद्ध शास्त्रीय नृत्य हो । त्यसैले अन्तर्राष्टियस्तरमा पनि कत्थकमा भाग लिने र प्रतिभा देखाउने रहर लागेको रोक्सआनाले बताइन् । धेरै थकाइ लागेको बेला नृत्य ग¥यो भने रमाइलो लाग्छ । नृत्य मेरो लागि औषधि हो दैनिक दुई घण्टा कत्थकको अभ्यास गर्छिन् । ‘विद्यालयबाट फर्केपछि गृहकार्य सकेलगत्तै नृत्य
डेटा सेन्टर इन्टरनेटको घर
विश्वभर हरेक क्षण इन्टरनेटमा नयाँ–नयाँ कन्टेन्टहरू थपिइरहन्छन् । भाइबहिनीले पनि याद गरेकै हुनुपर्छ, हरेक पटक युट्युब चलाउँदा होस् अथवा टिकटक, नयाँ–नयाँ भिडियो आइरहेकै हुन्छन् । फेसबुक, इन्स्टाग्राममा पनि नयाँ फोटो अनि भिडियो उत्तिकै आइरहेका हुन्छन् । यसबाहेक इन्टरनेटमा त्यस्ता करोडौँ साइट छन् जहाँ हरेक पल लाखौँ, करोडौँ नयाँ सामग्री अपलोड भइरहेका हुन्छन् । इन्टरनेटमा हरेक दिन थपिने यी कन्टेन्टहरू कतै न कतै सुरक्षित राखिएका हुन्छन् । त्यसरी सुरक्षित राखिएकै कारण हामीले खोजेको समयमा त्यस्ता कन्टेन्ट इन्टरनेटमा सहजै उपलब्ध हुन्छन् । यसरी इन्टरनेटका कन्टेन्ट सुरक्षित राखिने ठाउँ हो डेटा सेन्टर । इन्टरनेटको अत्यधिक प्रयोग बढेपछि डेटा सेन्टर पनि एकदमै चर्चित हुन थालेको छ ।
युवा–अब जुट अब उठ (कविता)
हे युवा शक्ति अब त उठौँ है, हे युवा शक्ति अब त जुटौँ है । देश बनाउनलाई उठौँ है, नेपाल आमालाई बचाउनलाई उठौँ है ।
शैक्षिक भ्रमण
विजय स्मारक मााध्यमिक विद्यालयबाट फागुन १९ गते कक्षा ४ का हामी सम्पूर्ण विद्यार्थी शैक्षिक भ्रमणमा गोदावरी गएका थियौँ । सबै विद्यार्थी ९:३० मा विद्यालयको प्राङ्गणमा जम्मा भयौँ । कक्षा शिक्षक सुस्मिता राणा म्यामले हाजिरी गराउनुभयो । शिक्षकले लाइनमा उभ्याउनु भयो । सबै जानाको आइडेन्टी चेक गर्नुभयो । १०:५० मा गाडी चढ्यौँ । १ घन्टा ३० मिनेट गाडीको यात्रा गरेपछि गोदावरी पुग्यौँ ।
साइनो कविताहरू
फूल प्रिय साथी हो निःशुल्क बास्ना छर्छ यो बालक सुन्दर सृष्टि हो । असल मेरा साथी घुम्ने पढ्ने बानी जाति
दार्शनिक ब्रुस ली
साथीहरू तपाईहरूले ब्रुस लीको नाम सुन्नुभएकै होला । उहाँ एक उत्कृष्ट खेलाडी, दार्शनिक र हामीजस्ता साना बालबालिकाको जीवनमा प्रेरणाका स्रोत पनि हुन् । उहाँको जन्म संयुक्त राज्य अमेरिकामा भएको थियो । सन् २०२० मा ब्रुस लीलाई समर्पित गर्दै चलचित्र पनि बनाइएको थियो । ब्रुस ली धेरैका लागि प्रेरणा थिए । उहाँको बाल्यकाल अति नै प्रेरणादायी छ । म पनि तेक्वान्दोमा सामेल हुन प्रेरित भएँ ।