• १२ साउन २०८१, शनिबार

महिला हक्कीमा सुदूरपश्चिम तेस्रो

blog

पुरस्कारसहित सुदूरुपश्चिम प्रदेशका खेलाडी । तस्बिर : हक्की सङ्घ

काठमाडौँ, फागुन १९ गते । सुदूरपश्चिम प्रदेश प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा शनिबार तेस्रो भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जनकपुरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले हरायो ।

सुदूरपश्चिमकी बुलबुल कुमारीले ह्याट्रिक गर्नुभयो । गङ्गा भाटले दुई गोल थप्नुभयो । सुदूरपश्चिमकी आशिका एसके ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । सुदूरपश्चिमले ५० हजार रुपियाँ पुरस्कार पायो ।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ । नेपाल आर्मी र आयोजक एकेडेमीले फाइनलमा स्थान सुरक्षित गरेका छन् । विजेताले एक लाख ५० हजार र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी आठ टिम सहभागी थिए ।