• २४ वैशाख २०८१, सोमबार

भुटानीज यूथ क्लब बेलडाँगीको कठिन जित

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, फागुन १४ गते । मोरङको सिरिजङ्घा फुटबल पथरीशनिश्चरेलाई २–१ गोलले हराउँदै दमकको भुटानीज यूथ क्लब ( विवाइसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा। चार जना अफ्रिकन खेलाडी लिएर मैदान ओर्लिएको भुटानीज यूथलाई सिरिजङ्घा फुटबल क्लबले दर्शनीय चुनौती दिएको थियो । ३४औँ मिनेट गोल पोष्ट नजिकै सिरिजङ्घाका खेलाडीले भुटानीज यूथका खेलाडीलाई लडाएपछि रेफ्रि सुवास पोख्रेलले भुटानीज यूथलाई पेनाल्टी प्रहारको अवसर दिनुभयो । पेनाल्टीले सदुपयोग गर्दै भुटानीजका मुसाले एक गोल गर्नुभयो । 

५७औँ मिनेटमा सिरिजङ्घाका सौर्य राउतले डिबक्स भित्रबाट विवाइसीविरुद्ध गोल गर्दै खेलालाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । बराबरीपछि करिब १० हजार दर्शकले भरिएको नगर रङ्गशालामा दर्शकको हुटिङ अझ थपिएको थियो । भरखर पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको नगर फुटबल प्रतियोगिताको उपाधि उचालेको सिरिजङ्घासँग स्थानीय खेलाडीको मात्र उपस्थिति थियो । 

२५ वर्ष मुनिका खेलाडीले विवाइसीसँग अत्यन्तै उत्कृष्ट खेल खेलेको थियो । ६५औँ मिनेटमा विवाइसीका डेविडले दर्शनीय गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर गराउनुभयो । भुटानीज यूथ क्लब ( विवाइसी) का मुसा म्यान अफ दि म्याच घोषित हुनुभयो । मङ्गलबार  डाँगीहाट फुटबल क्लब बेलबारी र वाईएफसी पथरीबिच प्रतिस्पर्धा हुनेछ ।