• १२ साउन २०८१, शनिबार

फागुन १३ देखि देशभर राष्ट्रिय दादुरारुबेला खोप अभियान सञ्चालन हुने

blog

काठमाडौं, फागुन ११ गते । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ देखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ ।

उहाँले भन्नुभयो, ‘‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्दैछौँ । दुई जिल्लाहरु रुकुमपश्चिम र जाँजरकोटमा सकिसकेको छ । २०२६ मा यो रोग निवारण गर्ने भनेर लागेको छाँै । विगतमा पनि हामीले दादुरको खोप अभियान सफल हुँदाहुँदै पनि र खोपको अवस्था राम्रो हुँदाहुँदै पनि शतप्रतिशत मानिसलाई खोप दिने अवस्था हुँदैन थियो । केही निश्चित छुटेका समहूहरु जम्मा हुँदै जाँदा ठूलो समूह बन्यो । कोरोनाका कारण पनि यसमा समस्या आयो ।’’

पत्रकार सम्मेलनमा बोल्नुहुँदै बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पु¥याएको भएको बताउनु भयो । उहाँले जाजरकोटमा दादुरा—रुबेला खोप लगाउने बालबालिकाहरुको सङ्ख्या ८८ हजार ३४४ रहेको बताउनु भयो । उहाँले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पु¥याएको बताउनु भयो । उहाँले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको सङ्ख्या ५० हजार ४८७ रहेको बताउनु भयो ।

दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरु र नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् । यस अभियानमँ तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ । बाँकी जिल्लाहरुमा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवम् स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।