• १२ पुस २०८१, शुक्रबार

पिता

blog

ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनसको जन्म नर्वेको उत्तर पहाडी भेगको क्विन्केमा ८ डिसेम्बर १८३२ मा भएको हो । नर्वेली साहित्यमा उनलाई हेनरिक इब्सेनसरह मानिन्छ । कवि, नाटककार, समालोचक, उपन्यासकार एवं आदर्श राजनेताको रूपमा प्रतिष्ठित ब्यौन्स्तर्न ब्यौन्सर्न मार्तिनस १९०३ मा नोबेल पुरस्कारद्वारा सम्मानित भए । उनका कृतिमा गाउँले जीवनको चित्रण गरिएको पाइन्छ । २६ अप्रिल १९१० मा पेरिसमा उनको निधन भो । बिटविन द ब्याटल (१८५७), अ ह्याप्पी ब्वाए (१८६०), पोइम्स एन्ड सङ्स (१८७०), द किङ (१८७७), लभ एन्ड जियोग्राफी आदि उनका प्रमुख कृति हुन् ।

जुन मान्छेको कथा यहाँ भनिँदै छ, त्यो मान्छे आफ्नो इलाकाको अति धनी र प्रभावशाली व्यक्ति थियो । नाम थियो थोर्ड ओभरास । निकै अग्लो र गम्भीर देखिने थोर्ड ओभरास एक दिन पादरीकहाँ पुगे । “मेरो एउटा छोरो छ, उसको बप्तिस्मा गरिदिऊँ भनेको,” उनले भने । 

“के नाम राख्ने हो कुन्नि ?”

“किन– मेरो बुबाको नामबाट ।” 

“अनि प्रस्तावक चाहिँ कसलाई राख्ने नि ?” सबैको नामउल्लेख भो । ती सबै पुरुष र महिला त्यस भेगको थोर्डका आफन्तमध्येका विशिष्ट व्यक्ति मानिन्थे । 

“अरू पनि केही भन्नु छ कि?” यतिभन्दै पादरीले उनको मुखमा हेरे । 

ती किसान अलि हच्के । 

अन्ततः थोर्डले भने, “ऊ आफैँले बप्तिस्मा गरोस् भन्ने चाहन्छु म ।” 

“यसको मतलब एक हप्ताभित्र ?”

“आउँदो शनिबार दिनको ठीक बाह्र बजे ।” 

“अरू पनि केही भन्नु छ कि ?” पादरीले सोधे ।

“अहँ केही छैन,” यति भन्दै ती किसानले आफ्नो टोपी मिलाएर उनी हिँड्न ठिक परेका मात्रै के थिए पादरी जुरुक्क उठे । “अझै एउटा कुरा भन्नु छ,” यति भन्दै उनी थोर्डतिर अघि बढे, थोर्डको हात समाते अनि गम्भीरतापूर्वक उनको आँखामा हेरे “ईश्वरको अनकम्पाले यो बच्चो तिमीलाई बरदान बनोस् ।” 

सोह्र वर्षपछि एक दिन थोर्ड फेरि एक चोटि पादरीसामु उपस्थित भए । 

“साँच्चै यो उमेरमा पनि तिमी पहिलाको जस्तै तन्दुरुस्त देखिन्छौँ, अचम्म पो भो त ।” थोर्र्ड पादरीले भने । किनभने उनले थोर्डमा खासै परिवर्तन आएको देखेनन् । 

“मलाई पीर चिन्ता केही छैन नि त, त्यही भएर होला,” थोर्डले भने । 

थोर्डको भनाइमाथि उनले टिप्पणी गर्न चाहेनन् तर अलिबेरपछि उनले सोेधे, “के कति कामले आयौ त थोर्ड तिमी यस्तो साँझमा ?”

“मेरो त्यो छोरो छ नि हो उसैको भोलि कर्म पु-याई दिऊँ कि भनेर आएको म त ।” 

“निकै चलाख छ त्यो केटो ।” 

“भोलि चर्चमा केटाकोे पालो कति नम्बरमा आउला त्यो नसुुनुन्जेल पादरीलाई पैसा नदिने विचारमा छु म ।” 

“एक नम्बरमै आउँछु उसको पालो ।” 

“मैले पनि त्यस्तै सुनेको छु, ल लिनुस् यो दस डलर, पादरीका लागि तिम्रा लागि मैले गर्नुपर्ने अरू केही छ ?” थोर्डतिर हेर्दै पादरीले सोधे । 

“अहँ त्यस्तो केही छैन ।” 

थोर्ड बाहिर निक्ले ।

त्यसको ठिक आठ वर्षपछि एक दिन पादरीको स्टडी बाहिर खुब खैलाबैला मच्चियो जसले गर्दा थुप्रै मान्छेहरू ओइरिन थाले, थोर्ड जो अग्रपङ्क्तिमा थिए, सुरुमै भित्र पसे । 

पादरीले टाउको उठाएर हेर्नेबित्तिकै उनलाई चिनिहाले । 

“यतिबेला साँझमा आएर जाती ग-यौ तिमीले थोर्ड,” पादरीले भने । 

“मेरो छोराको विवाहको सूचना पढेर सुनाइयोस्, भनेर आग्रह गर्न आएको म त, मेरै छेउमा उभिराख्नुभएको गड मण्डकी छोरी कारेन स्टोर्लिडेनसित उसको बिहे हुँदै छ ।”

“किन नहुनु ? उनी त यस भेगकै सबैभन्दा धनी केटी हुन् भन्ने सुनेको छु मैले ।”

“सबै त्यसै भन्छन्,” एक हातले कपाल मिलाउँदै ती किसानले सही थपे । 

गम्भीर सोचमा परे जस्तो गरी पादरी एकछिन बसे । त्यसपछि कुनै प्रतिव्रिmया नजनाईकनै मान्छेको नाम लेखे । सबैले आआफ्नो नाम लेखेको ठाउँमा हस्ताक्षर गरे । थोर्डले तीन डलर टेबुलमा राखिदिए । 

“मलाई एक डलर भए पुग्छ बढी चाहिँदैन,” पादरीले भने । 

“मलाई राम्रोसित थाहा छ तर ऊ मेरो एक्लो सन्तान हो, त्यसैले म मुठी फुकाएर खर्च गर्न चाहन्छु ।” 

पादरीले सबै पैसा लिए । 

“छोराका लागि तिमी यहाँ आएको तीन चोटि भइसक्यो,” थोर्ड ।

“उसैले गर्दा त म यहाँ आउन पाएको छु,” यति भन्दै थोर्डले पकेटबुक पट्याए अनि पादरीसित बिदा मागेर आफ्नो बाटो लागे । 

अरू मान्छे पनि उनको पछि लागे ।

चौध दिनपछि एक दिन शान्त दिन पारेर बाबुछोरा दुवै डुङ्गामा तलाउ पार गर्दै थिए । उनीहरू बिहेको तयारीका लागि स्टोर्लिडेनकहाँ जाँदै थिए ।

“त्यो आसन त्यति सुरक्षित छैन,” यति भन्दै छोरो चाहिँ आफू बसेको सिट सीधा पार्न उभियो । 

त्यति नै बेला जुन फलेकमा ऊ उभिएको थियो त्यो फलेक अकस्मात् मुनिबाट चिप्लिन पुग्यो । उसले हतार हतार हात ठाडो पा-यो, जोडले चिच्यायो अनि एक्कासि तलाउमा घोप्टिन पुग्यो । 

“दाबिलो राम्रोसित समात् । यति भन्दै बाबु जुरुक्क उठे अनि छोरा भएतिर दाबिलो तेस्र्याए छोरो चाहिँले एक दुई चोटि प्रयास त ग-यो तर ऊ असफल भो । एकैछिनमा अररो भयो । 

“एकैछिन पर्खि है ।” यति भन्दै बाबुले छोरो भएतिरै डुङ्गा खियाउन थाले । त्यसपछि छोरो उत्तानो प¥यो अलिबेर बाबुलाई टुलुटुलु हे-यो अनि डुब्यो ।

थोर्डलाई विश्वासै भएन, एकछिन डुङ्गा थामिराखे अनि छोरो डुबेको ठाउँमा एक टकले हेरिरहे, मानौँ उनको छोरो अवश्यमेव फेरि फर्केर त्यही सतहमा देखापर्ने छ । छोरो डुबेकै ठाउँमा पानीका भुल्काहरू देखापरे एकपछि अर्काे गर्दै । त्यसपछि तलाउ पहिले जस्तै शान्त र एैना जस्तै चम्किलो भयो । 

लगातार तीन दिन, तीन रातसम्म छोरो डुबेको ठाउँ वरिपरि डुङ्गा खियाइरहेको देखे मानिसले थोर्डलाई । न रात निद्रा न दिन भोक भयो, उनलाई छोराको लास नभेटाउन्जेल । तेस्रो दिनको बिहानतिर मात्रै उनले छोराको लास भेट्टाए । लास काखी च्यापेर उनी डाँडातिर उक्ले अनि आफ्नो जमिनमा राखे । 

त्यसको झन्डै एक वर्षपछि हेमन्त ऋतुको एक साँझ पादरीले ढोकाबाहिर कोही आउँदै गरेको आवाज सुने । कोही ढोका खोल्न चुकुल खोज्दै थियो । पादरीले ढोका उघार्नासाथ एक जना अग्लो न अग्लो ख्याउटे, कुप्रो र सेतै कपाल फुलेको मान्छे फुत्त भित्र पस्यो । पादरीले निकै बेर उसको अनुहार हेर्नेबित्तिकै उसलाई चिनिहाले । उनी थिए थोर्ड ओभरास । 

 “अबेला आयौ तिमी र ?” यति भन्दै पादरी थोर्डको सामु ठिङ्ग उभिए । त्यही त अलि ढिला भो ।” यतिभन्दै थोर्ड कुर्सीमा बसे । 

कसैको प्रतीक्षा गरे झैँ पादरी पनि बसे लामै सन्नाटा छायो । अन्ततः थोर्डले भने, “मसित केही चिज छ ज्ुन म गरिबलाई बाँड्न चाहन्छु, त्यो पनि छोराको नाममा” । उनी जुरुक्क उठे, टेबुलमा केही पैसा फिँजाए र फेरि थचक्क कुर्सीमा बसे । 

पादरीले पैसा गने । 

“थुप्रै पो छ त ।” उनले भने । 

“यो त मेरो पूरा सम्पत्तिको आधा मात्रै हो आजैदेखि मैले बेचिदिएँ ।”

पादरी निकै बेरसम्म मौन रहे । अन्ततः उनले नरम स्वरमा सोधे, “यो पैसाले के गर्ने सुर छ त तिम्रो, थोर्ड ? क्ुनै राम्रो काम ।” 

उनीहरू अलिबेर त्यहीँ बसिरहे । थोर्ड उदास आँखा लिएर झोव्रmाएको देखिन्थे भने उता पादरीको आँखा भने थोर्डमााथि गडेको देखिन्थ्यो । त्यस लगत्तै पादरीले मधुरो स्वरमा भने, “मलाई लाग्छ, तिम्रो छोराले अन्ततः साँचिकै खुसियाली ल्याइदियो हगि ?”

“हो, मलाई पनि त्यस्तै लाग्छ,” यति भन्दै थोर्डले मास्तिर हेरे । त्यति बेला उनका आँखाबाट दुई थोपा आँसु तप्प चुहियो अनि विस्तारै गालासम्म बग्दै गयो । 

अनुवादक : बद्रीप्रसाद घिमिरे