• २३ असार २०८१, आइतबार

प्रदेश राजधानी सार्ने कुरा स्वीकार्य हुँदैन: पूर्वमन्त्री भट्ट

blog

धनगढी, असोज २ गते । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताउनु भएको छ । 

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उहाँले भन्नुभयो, राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताउनु भएको हो । 

मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कुरा कसरी भन्नुभयो । यो अचम्मको र गैर जिम्मेवार पनि छ, नेता भट्टले भन्नुभयो ।

अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दे  भट्टले ‘त्यो बेलाको प्रदेश सरकारले पनि विशेष चासो दिएर राजधानी निर्माणका लागि जुन पहल गर्नुपर्ने थियो त्यो गरेन तर त्यो गरेन भन्दैमा राजधानी सार्न मिल्दैन । 

उहाँले अहिलेको सरकार र संसद् अघिल्लो सरकारकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।