• १३ साउन २०८१, आइतबार

डिएसए स्टारका विजेता घोषित

blog

काठमाडौँ, जेठ ३ गते । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’  का विजेता घोषित भएका छन् । आयोजकका अनुसार दिव्य नेपाली ‘मिनी ‘डिएसए डान्सिङ स्टार’, वाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी  शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्रि–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्रि–टिन सिङ्गिङ स्टार’ घोषित हुनुभएको छ ।

प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’ को प्रथम उपविजेता हन्नाह राई बन्नुभयो । ‘जुनियर डान्सिङ स्टार’ तर्फ सृष्टि खड्गी प्रथम उपविजेता, कृतिका भण्डारी द्वितीय उपविजेता, श्रेया लामा तृतीय उपविजेता, शिवालिका मिश्र चौथो उपविजेता, अनिशा खड्का पाँचौँ उपविजेता र सिम्रन राई छैटौँ उपविजेता हुनुभएको छ । 

त्यस्तै ‘जुनियर सिङ्गिङ स्टार’ तर्फ टासी डोमा शेर्पा प्रथम उपविजेता, ‘प्रि–टिन डान्सिङ स्टार’ तर्फ रेजिना कार्की प्रथम उपविजेता, नवाङ छोकी  तामाङ द्वितीय उपविजेता, रुप्सा भट्टराई तृतीय उपविजेता, सोनाम चोमु चुम्बा तामाङ चौथो उपविजेता, नीरज शर्मा पाँचौँ उपविजेता र आकृति भट्टराई छैटौँ उपविजेता घोषित हुनुभएको थियो  ।

‘प्रि–टिन सिङ्गिङ स्टार’ तर्फ श्रेया सुनार प्रथम उपविजेता, नेविन दाहाल द्वितीय उपविजेता र तेन्जी डोमा लामा तृतीय उपविजेता भए । प्रतियोगितामा शर्मिका लुइटेल ‘एक्टिर स्टार’ घोषित हुनुभयो । प्रतियोगितामा आरती श्रेष्ठ, दशरथ सुनार, विनय कार्की र मनोज आचार्य निर्णायक हुनु हुन्थ्यो । प्रतियोगिताका विजेतालाई म्युजिक  भिडियो र सन् २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराइने छ ।