• १३ असोज २०८१, आइतबार

सुनसरीमा अनाधिकृत र अवैध संरचना भत्काइँदै

blog

अनाधिकृत संरचना भत्काइँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख १७ गते । दुहवी नगरपालिका –१० इनरुवा–दुहवी खडकखण्डको बुद्ध चौकमा सडक मिचेर बनाएको घर टहरामा डोजर चलेको छ । सडकमा सवारीको चाप बढ्दैगएको तर दुहबी १० सिमरियामा सडक मिचेर घर टहरा बनाउनेक्रम नरोकिएकाले अनाधिकृत संरचनामा डोजर लगाइएको हो । 

दुहवी नगरपालिकाले बुद्ध चौकको सडकखण्डमा अतिक्रमण गरेर बनाइएको दर्जनौं घर टहरामा डोजर लगाएर हटाएको छ । मिचेर बनाएको आफ्नो संरचना हटाउन पहिलो पटक ३५ दिने, दोस्रो पटक ७ दिने र तोस्रो पटक ३ दिने सूचना गरी तीन पटकसम्म आग्रह गर्दा पनि अटेर गरेपछि डोजर चलाउनुपरेको नगरपालिकाले जनाएको छ ।

दुहबी १० का वडाअध्यक्ष तुलाराम माझीका अनुसार समुदायमा सामाजिक सदभाव र एकरुपता कायम राख्न तीन पटक सूचनाको म्याद सकिए पनि बेवास्ता रहेकाले पछिल्लो म्याद सकिएको पाँच दिनसम्म पनि पटक पटक मौखिक जानकारी गराउँदा समेत नमानेकाले विकासको लागि बाध्य भएर डोजर लगाइएको हो ।