काठमाडौं, वैशाख १६ गते । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा वर्षा वाधक बनेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षका कारण रोकिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ती विकेट गुमाउँदै एक सय ४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । नेपालका कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा हुनुहुन्छ ।
नेपालका लागि कुशल भुर्तेल ४३ र आशिफ शेखले ३१ रन जोड्दै आउट हुनुभयो । भीम सार्की एक रन जोड्दै पेभेलियन फर्किनु भयो ।