शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ब्रह्माण्डबाट जन्मिएर
ओर्लन्छ धर्तीको काखमा
आकाशमा खेलेर
छर्छ बाटोभरि सुनौलो प्रभा
लगाएर गुलाफी फरिया
बिहान तन्नेरी देखिन्छ
समयका फरक फरक आयतनभित्र
गरिदिन्छ उमङ्गको वर्षा
निरन्तर उदाउँछ सूर्य
जगमगाउँछ अन्तुदेखि जगत्
कञ्चनजङ्घाको शिरमा स्पर्श गर्दै
छातीमा ठोकिएर पोखिन्छ
धर्तीको आँगनीमा रङ्गीन आभा
ब्रह्म मुहूर्तको आगमन
मझेरी हुँदै दैलोबाट सुरु हुन्छ
मेरो सुन्दर बिहान
मेरा अनगन्ती सुखदुःखका
चुरेपहाड पछ्याउँदै
मैले खोल्नुपर्छ पहाडको ढोका ।
भक्तपुर