• ९ मंसिर २०८१, आइतबार

जोगाउने चाह

blog

पल्लो कोठामा हर्कमान कसैसँग फोनमा कुरा गर्दै थिए । यताको कोठामा रोशन भाजुमानसँग कुरा गर्दै थियो । “ हजुरबुबा, आजभोलि बाबालाई धेरै नै ब्यस्त देख्छु । के काम परेको छ ? गुठीको मान्छे पनि आएको जस्तो लाग्छ । 

जात्रा हुन लाग्या हो ? ” उसले भन्यो । तल बाटोबाट कसैले चर्कोसँग बोलेको सुनियो “ ए हर्कमान पलास्टिक आइसक्यो मान्छेहरू जुटाउ ल । ” “ पानीको ट्याङ्करलाई खवर भयो ? सबै काम भ्याउनु पर्छ समयमा नै । पुजाको सामान र दान दिने सामान मैले ठिक पारेको छु । ” 

हर्कमानको फोन वार्ता अझै सकिएको थिएन । भाजुमानले झ्याल खोले र घरै घरले भरिएको नयाँ बस्ती एक पटक हेरे र नातितर्फ हेरेर परको चोक देखाउँदै भने “ उ त्यो   घरहरु बीचमा एउटा ठूलो पोखरी थियो । सधैंको माघ महिनामा जस्तै अर्को हप्ता माधवनारायणका भक्त ब्रतालुहरु हाम्रो गाउँको बाटो भएर जाने परम्परा छ । धेरै वर्ष पहिलादेखि उनीहरू त्यही पोखरीमा नुहाउने र हामी टोलबासीहरुले उनीहरुलाई दान गर्ने संस्कृति रहिआएको छ । ” “ खोइ त पोखरी ? नुहाउने ठाउँ कहाँ छ ? ” रोशनले जिज्ञासा राख्यो । “ अघि सुनेनौ पलास्टिक आयो । पानी आउँछ । चोकमा अस्थायी पोखरी बनाउन बाबा र उसको साथीहरू लागिपरेका छ्न् । 

“ भाजुमानले भने । 

पोखरा ७ मासबार, कास्की