• १३ साउन २०८१, आइतबार

पेसा (कथा)

blog

अकस्मात आज हरिलाई पशुपतिको भिक्षा माग्न लहरै लाम लागेर बसेको देख्दा छक्क परेँ । मुखमा पनि कालो कालो दलेको, झुत्रो कमिज र त्यस्तै फाटेको हाफ पाइन्टमा हरि आफ्नोसामु एउटा सिलेवरको थाल ठटाउँदै “गरिबलाई सहयोग गर्नुहोस् हजुर” भन्दै भिक्षा मागेको देखेँ । एकैछिन टक्क अडेर हेरिरहेँ । उसले देखे न देखे झैँ गरेको । 

मेरा मानसपटलका हरि र म गाउँमा खेलेको, दौडेको, झगडा गरेको र एकैछिनमा अँगालो मारेको दृश्य सल्बलाई रह्यो । वन जङ्गलमा दुवै जना गई ऐँसेलु खाएको, रुखमा आँप चोर्दा कति कुटाइ खाएको सम्झँदा अहिले पनि रमाइलो लाग्छ । अनि हरिले सबै दोष मलाई नै लगाई घरमा आपूmचाहिँ चोखो भएको पनि सम्झना आइरहन्छ । हाम्रो घरखेत उसकै आमाबुवाले जोत्दथे । हाम्रै घरको टहरोमा सबै बस्थे र त हरि र म साथी– साथी भयौँ । बिस्तारै म काठमाडौँतिर पढ्न भनेर आएँ । पढाइ पछिको जागिर अनि घरपरिवार भित्रभित्रै  बाल्यकालको साथी हरायो । आज झन्डै ३०–४० वर्षमा हरिलाई देख्दा ऊ हो होइन भन्नेमा म एकछिन अलमलिरहेछु । मनमा अनेक कुरा खेलाउँदै म घर फर्कें । आज अचानक बाल्यकालको साथी भेटी अल्मलिएँ । हरिको बुबा अलि रोगी थिए । उसकी आमाले   हाम्रो घरको सबै घरधन्दा  भ्याउँदथिन् । साह्रै नै मेहनती थिइन् हरिको आमा । हरिचाहिँ जहिले पनि मसँग मस्ती गर्नमा भुलिरहन्थ्यो । म पनि घरको एक्लो छोरो अरू साथी थिएनन् खेल्ने, अनि हरि त मेरो अभिन्न मित्र नै भइसकेको थियो । त्यो एकै ज्यानको साथी आज यो रूपमा  थाल ठटाएको देख्दा मेरो कल्पनाभन्दा बाहिरको दृश्य यो । मलाई छट्पटी भइरहेछ । हरिको यस्तो रूप देख्न म किन आज पशुपति गएँ होला ? नगएको भए त यो दृश्य देख्नै पर्दैनथ्यो । उफ् ! मेरो बाल्यकालको साथी एउटै ज्यान भई खेलेको र जिन्दगीभरि सँगै बस्ने वाचा पनि गरेको । के हुँदो रहेछ समयको खेल अचम्म लाग्यो । उसका बुवाआमालाई हरिको यो रूप थाहा छ, छैन । थाहा पाए कस्तो होला उनीहरूलाई । कठै कता छन् होला तिनीहरू । मलाई के गरूँ, के गरूँ ? जस्तो भयो । घरमा पनि आज कोही छैन एक्लै छु । कोठामा हरिले थाल ठटाएर कराएको दृश्य आइरहेछ । आँखाभरि मानौँ हरिले भन्दै छ मेरो त यही हो जिन्दगी साथी । तिमी कस्तो छौ ।” उफ् ! म कोठामा एक्लै बस्न पनि सकिनँ । हरिको सम्झना मनबाट हटाउन पनि त सकिन । के गरूँ कता जाऊँ, आफैँ फेरि ऊसँग कसरी भेटुँ । त्यही ठाउँमा ? हैन म उसलाई त्यसरी थाल ठटाएको देख्न सक्दिनँ । ओछ्यानमा पल्टिन्छु आँखा चिम्लिन्छु । उही दृश्य आउँछ । ओहोर दोहोर गर्छु । कहिले पशुपतिको भीड सम्झन्छु भने कहिले हरिको थाल ठटाएको ट्वाक ट्वाक आवाज कानमा आइरहेछ । हरि मेरो प्यारो साथी किन त्यसरी बस्यो किन किन ? मलाई ऊसँग एकपल्ट जसरी पनि भेट्नै पर्छ तर कसरी ?

अचानक एक दिन राति सात आठ बजेतिर म कामको सिलसिलामा न्युरोडमा थिएँ । चियाको तलतले एउटा सानो चिया पसलमा पसेँ । परको टेबलमा हरि चिया र समोसा खान लागेको देखेँ । आज त हरि सर्ट पाइन्टमा सफा र आकर्षक राम्रो देखेँ, म त छक्क परेँ, पशुपतिको हरि र आजको हरि के हो यो ठम्याउँनै गाह्रो भयो । तर मलाई देखेर मन्द मन्द मुस्कुराउँदै हरिले हात मिलाउन आयो । अनि मात्र म मेरो साथी हरि नै हो भन्नेमा ढुक्क भएँ । हात मिलाउँदै सोधेँ, “हरि ! अस्ति पशुपतिमा... भन्दाभन्दै हरिले फेरि हात समाई भन्यो, “हिँड साथी हिँड घर गएर सबै कुरा गरौँ” भन्दै मलाई उसको असनको डेरामा लग्यो । 

एउटा भित्री बाहिरी भएको कोठा र त्यहाँ उसको श्रीमती र सानो छोरालाई हरिले बडो प्रेमले चिनायो । कोठामा आवश्यक सबै सामानले सजाएको सफा र राम्रो । म अकमक्क परेर सबैतिर निहालिरहेको थिएँ । पशुपतिमा देखेको हरि हो कि अर्कै हो आँखाले त्यहाँको दृश्यबाट विश्वास नै गर्न सकेन । जे होस् मेरो मित्र हरि नै हो भन्नेमा म ढुक्क भएँ ।

एकैछिनमा हामी दुवै चियाको चुस्की लिँदै हरिको जीवन कथा सुन्दै थियौँ । हरिले भन्यो, “हेर साथी ! तिमी पढ्न गइहाल्यौ । मैले त पढ्न पनि सकिनँ । तिमी नहुँदा म एक्लै परेँ । केही दिन त तिम्रो घरमा शरण लिएँ । तर मलाई त्यहाँ बस्नै मन लागेन । जता गए पनि तिम्रै साथ खोज्छु मनले हृदयले । डाँडाकाँडा, खोलाले खै साथी भनी सोधेभैmँ लाग्छ । हामी कति तल खोलामा बसी बात माथ्र्यौ, हगी साथी ? तर त्यो सबै मलाई बिरानो भयो । 

घर जङ्गल, पहाड पर्वतले पनि तिमीलाई नै खोजे जस्तो लाग्न थाल्यो साथी । अनि के गर्ने मनै उडेपछि म पनि तिम्रै बाटो । एक दिन यही सहरमा पसेँ । के काम गर्ने, को छ र चिनेजानेको, कसकोमा बस्ने ? तिमीलाई खोज्न पनि सकिनँ । कता खोज्नु केही ठेगाना पनि त आपूmसँग थिएन नि । मलाई साह्रै नै छट्पटी भयो । घुम्दै घुम्दै पशुपति पुगे । 

त्यहाँ त लाम लागेर माग्न बस्दा रहेछन् । मलाई खाना खान पनि धौ धौ भइसकेको थियो र म पनि त्यहीँ एउटा केटासँगै रुमाल ओछ्याएर बसेँ । तर त्यहाँ पनि माग्नेहरूको समूह हुँदोरहेछ । जसलाई पाए उसलाई बस्न दिँदा रहेनछन् । केही दिन त मलाई पनि दुःख दिए तर पछि मैले आफ्नो एक्लोपनको वृत्तान्त सुनाएपछि बस्न दिए । पछि तिनै दुःख सुखका साथी पनि भए । बिहानदेखि बेलुकासम्म बस्दा कहिले त चार पाँच सय पनि हुन्थ्यो । 

बिस्तारै मैले पैसा जम्मा गर्दै गएँ र यही पेसामा लाग्ने निधो गरेँ । उमेर पनि बढ्दै गयो, आपूmलाई यो पेसाको अनुभव पनि भयो र यतै लगनशील भएर माग्न थालँे । चाडवाड र पर्व पर्वको बेलामा  त निकै आम्दानी हुन्छ । समय समयमा दर्शनार्थीको जन्मदिन, विवाह, महोत्सवको बेला  विशेष खाना, लुगा र पैसा पनि पाइने । 

म त साथी यसैमा रमाएँ । साथै यसरी नै बस्दा बस्दै साथमा माग्ने गरेकी एउटी केटीसँग मेरो हिमचिम बढ्यो । उसको पनि केही रहेनछ । उनीसँगको मेलमिलापले मेरो जीवनमा खुसीका किरण  झलमल छरिए । सुन्दर बिहानीमा भर्खर उदाएको घामजस्तै उनको उज्ज्वल चम्किलो मुहारले मलाई आकर्षित गरायो साथी । 

हामीसँगै  माग्न बस्थ्यौँ । हामीसँगै खाना खाई प्रेमका कुरा गर्दै रमाउँथ्यौँ । बिस्तारै हामी जवान भयौँ  उनको र मेरो सानिध्यता बढ्दै गयो । बेलुका छुट्टिनुपर्दा पनि मनै नमान्ने भइसकेको थियो । समयलाई परिवर्तन दिने एउटा गतिलो माध्यम हो रात । त्यस दिन रातले दिनलाई लुकाइसकेको थियो । मैले त्यस दिन उनलाई आलिङ्गनमा बाँधे, दुवै जना अन्तै संसारमा पुगेको अनुभूति भयो । सम्झनाको बगैँचामा त्यस दिन मैले एक थुँगो मायाको पूmल उनलाई दिएँ । उनी र म दुवै प्रसन्न मुद्रामा छुट्टियौँ । 

मानवको जन्म यौन क्रियाकलापबाट नै हुन्छ । यौन प्राणी जगत् र मान्छेमा अपरिहार्य आवश्यकता हो भन्ने कुराको अनुभूति हामीलाई त्यस दिन भयो । विवाह गरी घरजम गर्ने पनि निधो ग¥याँै । उनको र मेरो कमाइले एउटा सानो कोठा भाडामा लियौँ । हामीसँगै बस्न थाल्याँै साथी । 

म उसको जीवनी सुन्दा कथा पढेभैmँ अविचलित भई सुनिरहेको थिएँ । हरिले भन्दै थियो, “अनि एक दिन हामी दुवैले गुहेश्वरीमा गई आपैmँ माला आदान प्रदान गर्दै विवाहको विधि पु¥यायौँ । त्यस दिन हामी कति खुसी थियौँ । साथी कति कति । मेरा खुसीहरू घामका किरणजस्तै पोखिए । जताततै म त्यसैमा भुलिएँ । केही दिन त हामी रमायौँ, घुम्न पनि गयौँ, सिनेमा पनि हेर्न गयौँ । 

जीवनको अन्धकारबाट हामी सुनौलो बिहानीलाई अँगाल्दै मस्त थियौँ । समय त वायुपङ्खी घोडा उडिरह्यो र हामी रमाइ रह्यौँ । तर हाम्रो बटुको रित्तिन लागेपछि उनले हामी के गर्नेबारे सोच्न प¥यो भनेपछि अरू धन्दाभन्दा यही नै ठीक देखेर फेरि हामी उही पुरानो कपडा, पुरानै सिलेबरको थाल ठटाउँदै पशुपति मन्दिरसामु आइपुग्यौँ । हामी दुईमा अपार प्रेम थियो । 

आर्थिक अभावले हामीलाई साथसाथ नै बस्न बाध्य बनाएको थियो । तर पनि हामी खुसी नै थियौँ । दाताहरू पनि थरीथरीका हुन्छन् । मारवाडीहरूले भोग लगाएको बेलामा त हामीलाई धेरै नै आड पुग्छ । रकम, खानेकुरा र कपडाहरू समय समयमा पाइ नै रहन्छौँ । भन्नेले माग्ने भने पनि साथी हाम्रो बिहानदेखि बेलुकीसम्म दुई जनाको गरी झन्डै एक हजार पनि हुन्छ । हामीले भविष्यका लागि जम्मा गर्दैछौँ र एक दिन हामीले एउटा असनको साहुलाई काम गरिदिन्छौँ भनेर एक कोठाको डेरा लियौँ । पशुपति नजिकै लियौँ भने मानिसले चिन्छन् भनेर हामी यो पुरानो सहरमा बस्न थाल्यौँ । समय बगिरहन्छ नि, प्रकृतिको नियमलाई कसले हार्न सक्छ र ? मेरो र उनको प्रेमको अङ्कुर उनको पेटमा आइहाल्यो । 

दुवैलाई अपार हर्ष भयो । सुन्दर बिहानीमा भर्खर उदाएको घामजस्तै उनको मुहार उज्यालो देखेँ । अनि मलाई आफ्नो दायित्वको पनि बोध भयो । बिस्तारै मैले उनलाई माग्ने कामबाट वञ्चित गराएँ । केही दिन नमाने पनि उनलाई घरमा नै बस्न अनुरोध गरेँ र म मात्रै सिलेबरको थाल ठटाउन थालेँ । भगवान् अशुतोषको कृपाले धर्मात्माहरूको भीड लाग्न थाल्यो पशुपतिमा । चाडपर्व पनि नजिकै आयो । मेरो दिन पनि पलाउँदै गयो । राम्रो आम्दानी हुँदै गएपछि मेरो अन्धकार जीवनमा उज्यालोको किरण देखा प¥यो । दुवै प्रसन्न थियौँ आउने बच्चाको प्रतीक्षामा । 

म आफ्नो साथीको जीवन यात्रा सुनिरहेथेँ मानौँ कुनै चलचित्रको कथाभैmँ । उसकी श्रीमतीले चिया ल्याइन् हाँस्दै । म हिजो र आजको हरि र उसको पारिवारिक गृहस्थीमा रुमल्लिरहेँ । कहिले हरिका कुरा अस्वाभाविकभैmँ लाग्छ भने कहिले प्रत्यक्ष उसको बयानले यथार्थ बुझाइरहेछ । 

हरिले आफ्नो कथा फेरि सुरु ग¥यो– “किन साथी ! किन ? पत्याइनस् । मेरो दुःखभरि जीवनको कथा । हेर यो २०–२५ वर्षमा मैले बैङ्कमा १५–१६ लाख जम्मा गर्न सफल भइसकेको छु साथी । यसैले त म मेरो बूढीको र आउने बच्चाको रेखदेख गर्न ढुक्क छु । तर म अभैm जो सन्तान हुन्छ, त्यसलाई पढाएर योग्य नभएसम्म यही पेसा नै अपनाउँछु साथी । यही पेसा नै अपनाउँछु ।” 

म उसको आत्मविश्वासलाई मनन गर्छु । मेहनतलाई हेर्छु, उसको सुखमय, शान्त गृहस्थीलाई हेर्छु र मानिसले गर्न खोजे जिन्दगी त जसरी पनि चलाउन सकिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हो मेरो प्रिय मित्र हरि भन्ने लाग्छ ।