• १३ साउन २०८१, आइतबार

बन्दरगाहभित्र पार्किङमा आउन थाले गाडी

blog

काठमाडौँ, वैशाख ७ गते ।  काठमाडौँको चोभार सुुक्खा बन्दरगाहमा मालवाहक सवारीसाधन पार्किङमा आउन थालेका छन् । पछिल्लो समय बन्दरगाहमा रहेको पार्किङ र गोदाम सुविधाका बारेमा जानकारी हुुन थालेपछि यसको प्रयोग बढ्न थालेको हो । 

बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुुन सकेपछि इन्टरमोडल यातायात विकास समितिले बन्दरगाहमा रहेको ८५ रोपनी जग्गामा पार्किङ र गोदामघरका रूपमा निर्माण गरेको थियो । 

गत फागुुन महिनादेखि पार्किङ र गोदामघरका रुपमा प्रयोग गर्न खुुला गरिएको थियो । फागुुन र चैत महिनामा न्यून सङ्ख्यामा आएकामा वैशाख महिना लागेसँगै नियमित रूपमा मालवाहक सवारी साधन पार्र्किङमा आउन थालेको समितिले जनाएको छ । हाल दैनिकजसो पाँचदेखि छवटासम्म गाडी पार्किङमा आउने गरेको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुुरेलले पार्किङ गर्न आउने सवारीसाधनको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिनुुभयो । सुरुमा यसका बारेमा कसैलाई जानकारी भएन, सरोकारवाला निकायसँग छलफल गरेपछि पार्किङ र गोदामको प्रयोग बढ्दै गएको उहाँको भनाइ छ । दैनिकजसो पाँच/छवटा गाडी पार्किङ गर्न आउने गरेकामा आगामी दिनमा थप बढ्दै जाने देखिएको उहाँको भनाइ छ । 

बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन नहुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हब (पार्किङ, गोदाम र प्याकेजिङ)का रूपमा विकास गर्नका लागि गरेको थियो । समितिले एक करोड रुपियाँ खर्च गरेर बन्दरगाहभित्र रहेको पूर्वाधार प्रयोग गरी पार्किङ स्थल, गोदाम र सामान प्याकेजिङका रूपमा विकास गरिएको थियो । पछिल्लो समय यसको प्रयोग क्रमिक रूपमा बढ्दै समितिले जनाएको छ । 

बन्दरगाहभित्र रहेको २६० रोपनी जग्गामध्ये ९० रोपनी जग्गामा १५० देखि दुई सयवटा ट्रक पार्किङ गर्न सक्ने क्षमता रहेको छ  ।