• २३ वैशाख २०८१, आइतबार

केटाकेटीको प्यारो मुना

blog

मुना पाई केटाकेटी सबै परे दङ्ग

मुनाले उनीहरूको जीवनमा उमङ्ग ।


कहिले आउँछ भनी हामी पर्खिरहन्छौँ

पाएपछि नसकिञ्जेल पढिरहन्छौँ ।


ज्ञानी, अनुशासित भई सही बाटो हिँड्ने

मुनाबाट सिक्छौँ हामी असल मानिस बन्ने ।


कथा, कविता र चित्र अनि ज्ञानगुनका कुरा

शब्दवर्ग  र सुडोकुले पार्छन् मस्तिष्क छुरा ।

 

हाम्रो प्रतिभालाई ठाउँ दिने यो नै हो आधार

मुना नै केटाकेटीको साहित्यको भण्डार ।


चित्रकथा रमाइलो छ, परदेश परिचयले ज्ञान

मेरो कुचीमा मरो चित्र छापिएछ फुरुङ्ग छ मन ।


धर्म संस्कृति विज्ञान कथा हामीले पढ्न पायौँ

रमाइलो संसार घुमी हामी अझै छक्क प¥यौँ ।


जन्मदिनमा मेरो फोटो आएछ नि आहा 

आज फेरि मुना हातमा मरो प्यारो मुना ।