• २३ वैशाख २०८१, आइतबार

चैत महिनामा डर

blog

रुखहरूबाट पात झर्छ

निसास्सिने गरी हुरी चल्छ


आँखै हेर्न नहुने गरी

छारो र धुलो बेस्सरी उड्छ


संसारै थर्काउँदै कहिलेकाहीँ

डरलाग्दो आँधीबेहरी पनि आउँछ


यति मात्र होइन आकाश गर्जेर

चट्याङ हान्दै खुब तर्साउँछ


मलाई त साँच्चै नै डर लाग्छ

जब यो चैत महिना आउँछ ।