• २३ वैशाख २०८१, आइतबार

साइनो कविताहरू

blog

फूल प्रिय साथी हो

निःशुल्क बास्ना छर्छ यो

बालक सुन्दर सृष्टि हो ।


असल मेरा साथी

घुम्ने पढ्ने बानी जाति

हिँडिरहे पुगिन्छ माथि


आऊ न साथी पढौँ

जुटौँ दुवै कथा लेखौँ

हिँडौँ सँगै शिखर पुगौँ ।


हाम्रो देश नेपाल

खेल्छन् मयूर मुनाल

तराई पहाड हिमाल ।


आमा धेरै पढ्छु म

खेल्छु कुद्छु रमाउँछु

हो आमा देशैभरि डुल्छु ।


यी पूmलप्रेमी साथी

काँडा मिल्काउनु जाति

पूmलसँग खेलौँ है साथी ।


कति राम्रा पाठ यी

उस्तै राम्रा चित्रहरू

पढौँ किताब साथीहरू ।


कल्कलाउने पानी 

सिर्सिराउने हो हावा

लेकबेँसी घुमौँ है बाबा !


आहा नीलो आकाश

घाम लागे घमाइलो

खेतबारी छ रमाइलो !