• २३ वैशाख २०८१, आइतबार

मैले बनाएको ‘टेबल ल्याम्प’

blog

साथीहरू, माघ महिनामा मेरो स्कुलमा बृहत् शैक्षिक प्रदर्शनी भयो । कक्षा ४ देखि  ९ सम्मका विद्यार्थीले आफूले रुचाएको जानेको विषयमा आफ्ना कला प्रदर्शन गरेका थिए । मैले पनि यस्ता प्रदर्शनीमा पहिलो चोटि भाग लिएको थिएँ । योभन्दा अगाडि हुने प्रदर्शनीमा म सानै त थिएँ नि । 

म र मेरा साथीहरू मिलेर टेबल ल्याम्प, अनि ब्याट्रीबाट बल्ने बत्ती बनायौँ । थाहा छ, मलाई ब्याट्री र मोटरको प्रयोग गरेर यस्ता विभिन्न नमुना बनाउन औधी मनपर्छ । सबै गरेर डेढ सयभन्दा बढी विभिन्न प्रकारका नमुना प्रदर्शनीमा राखिएका थिए । जसमा मलाई सबैभन्दा मन परेका घास काट्ने मेसिन, बौद्धको नमुना, सोलारबाट बत्ती बलेको, ज्वालामुखी निस्केको, सडक दुर्घटना हुनबाट बचाउने सेन्सरजस्ता थिए । स्मार्ट डस्टबिन त झनै अचम्मको थियो । 

फोहोर फाल्न हात नजिक पु-याउने बित्तिकै डस्टबिन आफैँ खुल्ने गथ्र्यो भने हात हटाएपछि अटोमेटिक बन्द हुन्थ्यो । हाम्रो स्कुलका विद्यार्थीले गरेको शैक्षिक प्रदर्शनी हेर्न १२ वटा स्कुलका एक हजारभन्दा बढी विद्यार्थी आएका थिए । 

हाम्रो स्कुलमा दुई दिन शैक्षिक मेला नै लागेको थियो । मलाई खुबै रमाइलो लाग्यो । ठूलो कक्षाका विद्यार्थीले बनाएका नमुनाबाट मैले धेरै कुरा जान्ने र बुझ्ने मौका पाएँ । मैले नमुनाका केही तस्बिर पनि राखेको छुँ । हेरौँ है साथीहरू ।