• १३ असोज २०८१, आइतबार

उर्लाबारी नगर वडाध्यक्षलाई आन्दोलनकारीबाट अभद्र व्यवहार

blog

नगरपालिकाकाे वडा अगाडि प्रहरी र आन्दोलनकारी। तस्बिर – हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत १४ गते । कोशी प्रदेश पुनः नामाङ्कन संंयुक्त संघर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई अभद्र व्यवहार गरेका छन् । 

कोशी प्रदेशको विरोधमा आन्दोलनरत कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले वडा कार्यालमा तालाबन्दी गर्ने क्रममा अध्यक्ष पौडेलमाथि अभद्र व्यवहार गरेका हुन् । 

पहिचानवादीहरूले कार्यालय किन खोलेको भन्दै आफूमाथि हातपात गरेको वडाअध्यक्ष पौडेलले बताउनुभयो । 

वडाध्यक्ष पौडेलले आफूलाई हातपात गर्नेविरुद्ध कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिनुभएको छ । आन्दोलनकारीहरूले पदम लिम्बू लाजेहाङलाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् । 

यसैबीच, कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेको नगरप्रमुख गङ्गाप्रसाद खरेलले जानकारी दिनुभयो ।