• २५ पुस २०८१, बिहिबार

नयाँ वर्षमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन हुने

blog

पत्रकार सम्मेलन गरेर हाफ म्याराथनको बारेमा जानकारी दिइँदै । तस्बिर: अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १४ गते । नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ। नयाँ वर्षको दिन धनगढीमा ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुन गर्न लागेको छ। 

खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको मङ्गलबार पत्रकार सम्मेलन गरी धनगढी जेसिज वर्ष २०२३ का अध्यक्ष मोहनराज ओझाले बताउनुभयो । 

धनगढी जेसिजले २०७१ देखि नयाँ वर्षको दिन ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । कोरोना महामारी सुरु भएपछि २०७७ बाट यो प्रतियोगिता आयोजना हुन सकेको थिएन । यसपालिको नयाँ वर्षबाट फेरि निरन्तरता दिन लागेको जनाइएको छ । 

म्याराथनको खुल्लातर्फका विजेताले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो हुनेले ३३ हजार ३३३, तेस्रो स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्ने म्याराथनका संयोजक मनिष कुँवरले जानकारी दिनुभयो । खुल्लातर्फको दूरी २१.१ किलोमिटर रहने जनाइएको छ । खुल्लातर्फको प्रतिस्पर्धीहरूले धनगढी रङ्गशालाबाट दौडेर धनगढी बजार हुँदै गेटाको राजश्री फुड उद्योग पुगेर पुनः रङ्गशालामा आउने जनाइएको छ । 

यसैगरी, कर्पोरेट÷सञ्चारतर्फको पहिलो हुने प्रतिस्पर्धीले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । कर्पोरेटतर्फको दौड रङ्गशालाबाट धनगढीको ट्राफिक चौराहासम्म हुने जनाइएको छ । 

यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडको पहिलो हुनेले पाँच हजार ५५५, दोस्रो हुनेले तीन हजार ३३३ र तेस्रो हुनेले दुई हजार २२२ रुपियाँ पुरस्कार पाउनेछन् । 

हाफ म्याराथनमा पाँच किलोमिटरको ट्राइसाइकल दौड पनि रहने र उत्कृष्ट भएका प्रतिस्पर्धीहरूलाई उचित पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । 

हाफ म्याराथनबाट उठेको पैसा युवाको नेतृत्व, व्यक्तित्व विकासमा खर्चिने संयोजक कुँवरले बताउनुभयो । प्रतियोगितामा सरकारी कर्मचारी, सङ्घसंस्था, व्यक्ति, व्यवसायी, खेलाडी, विदेशीलगायत दुई हजार जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।