• ६ जेठ २०८१, आइतबार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

blog

फाइल तस्बिर

काठमाडौं, चैत १० गते। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो। 

नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १०३औँ स्थानमा थियो।  

एसियाली राष्ट्रको वरियतामा भने नेपाल २०औँ स्थानमा छ। आज सार्वजनिक गरिएको वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ भने जर्मनी दोस्रो तथा स्विडेन तेस्रो स्थानमा छ। 

इङ्ल्यान्ड चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौँ र स्पेन सातौँ स्थानमा छन्। नेदरल्यान्ड्स आठ, ब्राजिल नवौँ र अस्ट्रेलिया दशौँ स्थानमा छन्। रासस