• ६ जेठ २०८१, आइतबार

एसीसी प्रिमियर कप : नेपालको पहिलो खेल मलेसियासँग

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत ९ गते । वैशाख ५ देखि १८ गतसम्म त्रिवि मैदान कीर्तिपुर र मूलपानीमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेभएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्ने तय भएको हो । उक्त खेल त्रिवि मैदानमा हुनेछ । 

प्रतियोगितामा १० देशको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् ।

समूह ‘बी’ बाट बहराइन, कुवेत, सिंगापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । प्रतियोगितामा कूल २४ खेल हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोली  सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ । शीर्ष तीनमा रहने टोलीले एसिया इमर्जिङ कप खेल्ने अवसर पाउनेछन् ।