• १३ साउन २०८१, आइतबार

'खेलाडीको मनोबल बढाउन सरकार लाग्नुपर्छ'

खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नुहुँदैन: राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवनमा विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका खेलाडीलाई बधाई दिनुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौं, चैत ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभएको छ।

आइसिसी लिग टु मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार राष्ट्रपति कार्यालयमा बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताउनुभएको हो।

उहाँले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताउनुभयो।उहाँले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो।


राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरू विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ।मैले हिजो इन्ट्रेस दिएर हेरेँ।असाध्यै राम्रो खेल थियो। दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो।पूर्वाधारको कमी छ तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो।यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन।यसमा विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीको मनोबल बढाउन सरकार लाग्नुपर्छ ।’’

राष्ट्रपति पौडेलले खेलाडीको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताउनुभयो।