• ९ पुस २०८१, मङ्गलबार

द्वन्द्वपीडितले मागे रोजगारी

blog

जुम्ला समाचारदाता

जुम्ला, फागुन ३० गते । दसवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका शहीदका परिवारले रोजगारीको माग गरेका छन् । जुम्लाबाट प्रतिनिधि सभाका सांसद छिरिङल्हामु लामा (तामाङ)सँगको भेटमा द्वन्द्वपीडितले सो माग राखेका हुन् ।

परिवारले ज्यान गुमाएका कारण आफूले जीवनभरि पीडा पाएको भन्दै सरकारले द्वन्द्वपीडितको ‘एक परिवार एक रोजगार’को व्यवस्था गर्नुपर्ने माग राख्नुभयो । शहीद परिवार समाज जुम्लाका अध्यक्ष विष्णुबहादुर भण्डारीले गणतान्त्रिक व्यवस्था ल्याउन ज्यान गुमाउने परिवारमा कम्तीमा एक जनाको रोजगारी भइदिए न्याय हुने बताउनुभयो । 

गुठीचौर गाउँपालिका–४ का ६८ वर्षीय राममाया पाण्डेले शहीद परिवारलाई राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो । सरकारले दिने शहीद स्मृति भत्ता आमा, बाबु, श्रीमती र श्रीमान्ले मात्रै बुझ्ने व्यवस्थाले समस्या भएको गुनासो समेत शहीद परिवारको थियो । उहाँहरूले शहीदको सालिकसमेत बनाउनुपर्ने माग राख्नुभएको थियो । सांसद छिरिङल्हामु लामा तामाङले शहीद परिवारको गुनासो र सुझावलाई माथिल्लो निकाय र नेतृत्वसमक्ष पु¥याउने प्रतिबद्धता जनाउनुभएको थियो ।