• ३ जेठ २०८१, बिहिबार

सात बार (कविता)

blog

आइतबार सूर्यलाई नमस्कार गरुँ

सोमबार चन्द्रमाको शीतल छाया भरुँ ।


मङ्गलबार जय गणेश पूजा गर्ने बार

बुधबार रमाइलोसँग नाच्ने गर ।


बिहीबार माला गाँसी रमाइलो गर्ने

शुक्रबार  आधा छुट्टी घरतिर सर्ने ।


शनिबार नुहाइधुवाई गरी मक्ख पर्ने

सातैदिन हाँसीहाँसी सधैँ दङ्ग पर्ने ।