• १४ पुस २०८१, आइतबार

प्रेम प्राप्तिमा हैन, अपेक्षामा जीवन्त रहन्छ

blog

मैले राधा उपन्यासमा कतै लेखेको थिएँ एउटा संवाद, जुन कृष्ण पात्रले बोलेको थियो– “राधा ! आपूmलाई सम्पूर्ण रूपमा नबिर्सीकन अर्कालाई प्रेम गर्न कहाँ सकिन्छ ? प्रेम भन्नु नै आफूले आफैँलाई बिर्सी आफूलाई  अरूमा पाउनु हो । मैले आपूmलाई सम्पूर्ण रूपमा तिमीमा पाउनु र तिमीले आपूmलाई ममा पाउनु प्रेमको पूर्णता हो । .... शारीरिक प्रेम र आत्मिक प्रेमको अन्तर बुझ राधा । शारीरिक प्रेम यौनको वरिपरि हुन्छ, त्यसले शरीरको भोग गर्छ र सन्तान जन्माउँछ । आत्मिक प्रेम शरीरतìवभन्दा माथि छ, त्यसले आनन्द मात्र भोग गर्छ र प्रेमको तìवबोध गर्छ । जबसम्म शरीरतìवको अधीनमा हाम्रो मन रहन्छ, हाम्रो प्रेम पनि सांसारिक मात्र हुन्छ । उमेर र यौवनभरिको मात्र । यौनपूरक अङ्गहरूका साथ बिस्तारै विकसित हँुदै आउने भावना सांसारिक प्रेम हो, त्यो यौनपूरक अङ्गहरूको शिथिलतासँगै मरेर जान्छ । तिमी शारीरिक प्रेमभन्दा माथि उठ राधा, त्यसले तिमीलाई यथार्थ प्रेमको अनुभूति गराउनेछ ।”

यी कुरा लेखिरहँदा म जुन भावचेतनामा थिएँ आज पनि त्यहीँ छु । प्रेमको रूप सदा उही हुन्छ, पात्र मात्र फेरिने गर्दछन् । हामी सधैँ सुनिरहन्छौँ, युवायुवतीहरूका बारेमा पहिलाका जस्तै र उस्तै उस्तै सन्दर्भ र घटनाहरू । प्रेमका सन्दर्भमा कुनै प्रकारका सिद्धान्तहरू जागतिक हुँदैनन् । यो हरेक युगमा र हरेक पुस्तामा उसैगरी सक्रिय हुन्छ । यसको सनातन सन्दर्भलाई कस्तै आदर्शहरूले पनि बाँध लगाउन सक्दैन । 

प्रेम जुन कारणले प्रेमिल छ, त्यही कारणले त्यो विद्रोही पनि छ । प्रेमले गरेका विद्रोहहरू इतिहासमा युद्धले ल्याएका परिणामहरूभन्दा पनि गाढा छन् । हाम्रा इतिहास र पुराणका अधिकांश पानाहरू प्रेम र विद्रोहका मसीले लेखिएका छन् । झलक्क हेर्दा ती अनेक कारणहरूको व्याख्या बाहिरी गातामै बोकेर उभिएका हुन्छन्, अलिक गहिरिएर हेरिए तिनमा अनेकौँ धिरोदात्त नायकहरूका भावनात्मक कमजोरीहरू लिपिबद्ध भएका पढिने गर्दछन् ।

सतीदेवी र शिवजीको प्रेम विवाह, कामदेवको वध, मुमताज र शाहजहाँको प्रेमको प्रतीक ताजमहल, गगनसिंहको हत्या, दरबार हत्याकाण्डको औपचारिक कारण, यी अनेक उदाहरण प्रेमको कमजोरी वा शक्तिको मिमांसाका लागि मात्र हैनन् । यसलाई के हो वा के होइनको बहसमा लैजानुअघि हामी प्रत्येकले आफूलाई आफैँद्वारा भित्र फर्किएको वा पर्खिरहेको मनसँग अन्तर्वार्ता लिए सहज हुने छ । हरेक उमेरका हरेका लिङ्गका, हरेक आदर्श र उचाइका मानिसहरू आफैँभित्रको प्रेमरसका कारण शासित र दमित छन् । प्रेमलाई सिद्धान्तले बाँध्न खोज्नेहरू आत्मदमनको सिकार भएका हुन्छन् र तिनीहरू कुनै अवस्थामा बलात्कारका पात्र बन्न पुगिरहेका हुन्छन्, जसका केही उदाहरणहरू हाम्रा जेलभित्र पुर्पक्ष गरिरहेका छन् ।

हामीले एउटै डोरीमा झुन्डिएर मरिरहेका युगलहरूको मलामी जानु परेको छैन कि, पति वा पत्नीद्वारा मारिएका लासहरूको सनाखत गर्नुपरेको छैन कि, छोराछोरीलाई आफ्नै जिउमा बाँधेर नदीमा हाम फालेका आमाबाबुका लासहरू नदीबाट पाखा झिकेको छैन कि ! 

हरेकको शरीरमा प्रकृतिले उमेरको वृद्धिसँगसँगै थप्दै जाने यौनरसहरूको अस्तित्वलाई कुनै कालको कुनै यौनदमित पुरुषले लेखेको किताब, आदर्श मानेर अस्वीकार गर्ने बौद्धिक हठ समाजमा अपराधको सूत्र बनेर रहेको हुन्छ । 

प्रेमको उत्पत्ति आफ्नो शरीरबाट हुन्छ । आफ्नै शरीरमा उत्पन्न हुने रसले छिन्छिन्मा दिने तरङ्ग र इन्द्रेणी अनुभूतिहरू नै प्रेम हो, जुन आफैँभित्र छ र त्यो बाहिर अरू कसैको माध्यमबाट देखिन चाहन्छ । त्यो माध्यम भन्नु आफूभन्दा विपरीत यौनरसवाहक साथी हुनेछ । त्यसका लागि विपरीत लिङ्गीय नै हुनुपर्दैन । उसभित्र बहने यौनरसले नै आकर्षणको स्वत्त छनोट गर्दछ । 

कसैले कसैलाई म तिमीबिना बाँच्न सक्दिनँ भन्छ भने त्यस कालमा उसभित्र पघ्रिरहेको यौनरसको उत्ताप मात्र हो, जुन केही कालपछि नै वितृष्णा र विद्रोहमा परिणत भइसकेको हुनेछ । यो कुरो सधैँ उच्च चर्चामा छ र, निकासविहीन संवादशून्यतामा पुगेर मौन बन्दछ । 

यसमाथि जति किताब लेखिए, जति गीत गाइए, जति नाच नाचिए, जति चित्र बनिए, जति लुगा सिलाइए त्यति मानव सभ्यतामा अरू कुनै विषयमा गरिएन । सारा रहर र रमिताहरूको असमापक स्रोत यही हो जहाँबाट प्रवाहित रस अमृतमय छ । यसलाई लिङ्ग छुट्याएर, आदर्शले अथ्र्याएर, श्रीपेच लगाएर वा कौपिन धारण गरेर अवमानना गर्न कसैले पनि सक्दैन । स्पष्ट के हो भने प्रेम कुनै छुट्टै अनुकरणीय, धारणीय, तालिमद्वारा पारङ्गतीय विषय होइन । यो बुद्धिभन्दा पहिले मानव मनमा जाग्रित हुने ताìिवक अनुभूति हो । यसलाई स्वीकार्य वा अस्वीकार्यताको कुनै अर्थै छैन । अक्सिजनलाई लिन्छु वा लिन्नको बहस गरिरहँदा पनि त्यसैको पौन फेरिरहेको हुनु परेजस्तै प्रेम पनि हामीसँग आफैँभित्र एक्लाएक्लै जाग्रित हुने अनुभूति हो, जसलाई पोख्न अर्को समान अनुबोधकको आवश्यकता पर्दछ । 

सबभन्दा राम्रो कुरा के हो भने यसलाई प्रतिष्ठा वा अहम्को विषय नै बनाइनु हुँदैन । बाबुआमाले छोराछोरीको छनोटलाई आफ्नो आदर्शको आधार मान्नुहुँदैन । मानिसको शरीरभित्र जसरी थुक, खकार, दिसापिसाब उत्पन्न हुन्छ र त्यसले बाहिर निस्कन बाटो माग्छ, त्यसैगरी शरीरभित्रै उत्पन्न हुने यौनरसले खोजिरहेको निकासको माध्यम हो प्रेम । यसले दिने भावुकता, अनुभवजन्य असावधानी, सामाजिकताको विपक्षमा उभिएको अन्धता यी सबै कुरा वर्तमानले बुझ्नुपर्ने हो । जुन गल्ती आमाहरू, बाबुहरू लुकेर गरिरहेछन्, उनीहरूको त्यो गल्ती छोराछोरीका लागि अधिकार हो, जुन उनीहरू उपभोग गर्न चाहन्छन् । 

सन्तानको छनोट र खुसीका विरुद्ध उत्रिएको दक्ष प्रजापतिले बोकाको टाउको लगाउनुपरेको कथा एकएक महिनासम्म घरघरमा पढ्छन्, सुन्छन् हाम्रा आमाबाबु र छरछिमेकीहरू तर त्यसबाट उनीहरू यो शिक्षा कहिल्यै लिँदैनन् कि प्रेम गर्नु वा आफ्नो जीवनसाथी आफैँले रोज्न पाउनु हरेक युवाको अधिकार हो । 

प्रेम शब्द आफैँमा सकारात्मक छ । यसले मानिसलाई खुसी र ऊर्जा दिन्छ । उसमा नित्य नवीन हुने प्रेरणा प्रदान गर्छ । यो उत्पन्न हुँदै सकारात्मक ऊर्जा लिएर आएको हुन्छ तर जब यसले त्यही उर्जाको गतिले सार्वजनिक हुन पाउँदैन अनि बिस्तारै कुण्ठित हुँदै जान थाल्छ र जुन हदसम्मको सकारात्मक थियो, त्यही हदसम्मको नकारात्मकतामा प्रवेश गर्न पुग्छ । यही प्रेम नकारात्मक भएका दिन विनाशको सबैभन्दा डरलाग्दो कारण बन्दछ, जस्तो हिटलर बन्यो । उसले जुनबेला आफ्नो प्रेमभावलाई कलामा पोख्न पाएन, जसलाई उसले सबैभन्दा पहिला प्रस्ताव ग¥यो र अपमानित भयो, कुनै दिन जब सत्तामा पुग्यो, त्यो महाविनाशको कारण बन्यो । भन्नलाई अनेकौँ अन्तर्राष्ट्रिय कारण र आधारहरू सतहमा छन् तर भित्र दबेर रहेको छ कचल्टिएको प्रेमको विषदह ।

प्रेम बिस्तारै यान्त्रिक र आर्थिक आधारहरूमा उभिन पनि थालेको छ । आजको साइबर दुनियाँले प्रेमलाई फरक परिभाषा गरिरहेको छ । अब मानिस नलदमयन्तीको वा निलहीराको कथा, राधाकृष्णको सम्बन्ध, महेन्द्र र रत्नको प्रेमजस्ता शास्त्रीयतामा अल्झेर आदर्शको गीत बजिरहन सक्ला ? आज युट्युबहरूमा आइरहेका स्त्रीपुरुषका झगडाहरू र अव्यावहारिक पारिवारिक विघटनहरूका पछि लिङ्गीय विभेद मात्र छैन, विवाहमा पुगेर टुङ्गिएको प्रेमको भावुकताको पुनः उत्थान पनि हो । 

प्रेमको मेरो आफ्नै अनुभव पनि छ । मैले केही पुस्तकहरूमा ती कुरा लेखेको पनि छु । मेरो युवाकालको प्रेमको असफलतालाई मैले आफ्नो गृहस्थीमा खोजिरहेँ, बनाइरहेँ । त्यसमा म सन्तुष्ट थिएँ पनि र आज पनि छु । गृहस्थी पनि प्रेमको परम सुखद उचाइमा पुग्न सक्दोरहेछ यदि त्यसमा विकल्पहरू जो पस्न खोज्छन् तिनलाई पस्नबाट रोक्न सकियो भने । धेरैतिरका असन्तुष्टि र आकर्षणहरू आफूतिर वेगले आइरहेका हुन्छन्, तिनबाट तर्किने कलाको विकास गर्न सकिएन भने गृहस्थी त भत्किन्छ भत्किन्छ, आफ्नो भविष्य पनि अरण्यमा हराउन पुग्छ ।

प्रेममा जब अर्थ र आदर्श पर्खाल भएर उभिन्छ, मानिस त्यही बिन्दुबाट नकारात्मक खाडलमा खस्न थाल्छ । ती कुराबाट सम्बन्धित पात्रले आफैँ एक्लैले मात्र जोगिन खोजेर सम्भव छैन । त्यसका लागि समाज र परिवारमै त्यस खालको चेतना र उदारता आवश्यक छ । सामान्यतया हामीले सधैँँ सुनिरहनुपर्ने कुरा नै दुई विपरीत लिङ्गीय पात्रहरूका गोप्य सम्बन्धहरूको उदाङ्गता हो । 

हामीले अत्यधिक समय यसैगरी अरूलाई नङ्ग्याउनमा खर्च गरिरहेका हुन्छौं । उनीहरूलाई लुक्न र भाग्न नै व्यस्त राखेर आफू पनि अनुसन्धान विभागको अधिकृतझैँ ब्यस्त रहन्छौँ । अर्काको निजी जिन्दगीमा प्रवेश गरिरहँदा अरूलाई पनि आफ्नो जिन्दगीमा पस्नका लागि ढोका खुल्लै छोडेर हिँडिरहेको थाहा पाउँदैनौँ । 

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मासँगको एक अन्तर्वार्तामा नेकपा (माओवादी) का अध्यक्ष, पूर्वक्रान्तिकारी नेता प्रचण्डले भन्नुभयो –‘उहाँको हरेक बिहानको प्रारम्भ पुराना नेपाली आधुनिक र लोकगीतहरू सुनेर सुरु हुन्छ ।’ स्पष्ट छ– ती भनेका पक्कै पनि क्रान्तिकारी गीत हुँदैनन् । ती प्रेमसंयोगका वा प्रेमवियोगका हुन्छन् । लोकगीत त प्रेमीप्रेमिकाकै संवाद नै हुन् । त्यसो भए हामीले उहाँको क्रान्तिकारी योद्धा व्यक्तित्वमाथि बनाएको धारणा सही रहेछ त ? हामी सोच्थ्यौँ होला– प्रचण्ड त जुनसुकै बेला पनि क्रान्तिकै कुरा गर्छन् होला तर त्यो होइन भनेर उहाँले भन्नुभयो । जब उहाँलाई पारिवारिक विषयमा प्रश्न गरियो, किंचित भावुक देखिनु भो । त्यहाँ सन्तान गुमाएको र तिनीहरूसँगको वियोगको पीडा थियो । पत्नीको असाध्य रोगसँग लडिरहेको अवस्थाको छाया थियो आँखामा । यहाँ प्रेम यौनरसबाट निस्केर पत्नी र सन्तानको मायामा परिणत भएको देखिन्छ तर त्यसलाई सतहमा गएर हेरियो भने फेरि पनि यौनरसमै फेरो मारिरहेको हुन्छ, जहाँ पत्नी यौनसाथीकी विम्ब हुन्छिन् र सन्तान त्यसैको परिणाम ।

मानिस जुनसुकै कारणले एकल होस्् वा विवाहित, ऊ बाँचेको हुन्छ आफैँभित्रको ऊर्जाले । जुन ऊर्जा निस्कासन भएको हुन्छ ऊभित्र जलिरहेको अनेकौँ हर्मोनहरूको अगेठबाट । प्रेमको अर्थ र परिभाषाका लागि यति धेरै भ्रम पनि पालिरहनु जरुरी छैन, जसलाई हामी भगवान्जस्तो असाध्य तर्क र विश्वासहरूमा बाँधेर कँज्याइरहेका हुन्छौँ । यो हाम्रो शरीरसँग उत्पादन भएर शरीरसँगै समापन हुने एक भावनात्मक शक्ति हो, जसले हामीलाई अन्तिमसम्म पनि बाँच्न प्रेरित गरिरहेको हुन्छ । हाम्रा सारा महìवाकाङ्क्षाहरूको आधारस्तम्भ बनेको हुन्छ । हाम्रा आँखामा हरेक क्षण बग्न तमतयार आँसुको स्रोत बन्छ । 

प्रेम जीवनको त्यो शक्ति हो, जसले मानव सभ्यतालाई उत्तरोत्तर ठेलिरहेको छ । त्यो व्यापारी, त्यो वैज्ञानिक, त्यो राजनीतिज्ञ, त्यो कलाकार, त्यो कवि, त्यो गृहस्थी सबैलाई त्यही ऊर्जाले चलाइरहेको छ । र यो स्वचालित ऊर्जा निरन्तर ऊध्र्वगामी छ । यसलाई चिन्न सके, चलाउन सके, उपयोग गर्न सके अरू कुनै प्रकारका विकल्पहरू पर्दामा रगरगाउने छैनन् ।

आजसम्म मैले लेखेका विभिन्न विधाका पुस्तकमा प्रकारान्तरले उल्लेख भएको प्रेम भने दैहिकभन्दा माथि उठिरहेको अवस्थामा देख्छु । राधाका राधा र कृष्ण, शरणार्थीका जयमाया र जयबहादुर, तपार्इंका तपाईं र अस्मिता, आधाबाटोका लेखक र नम्रता, टुँडालका सुष्मिता र रवि, गेस्टापोका हेमबर्ग दान्का र मान्की, ग्रेट फल्सका कृष्ण र दीपमाला आदि पात्रहरूका बीचको प्रेममा जुन आत्मिकता छ, त्यहाँ शारीरिक सम्बन्ध गौण बनेको छ ।

 त्यही गौणताले नै उनीहरू कथाभरि एकअर्कालाई खोजिरहेका छन् । प्रेमको सफलता विवाहलाई मान्नेहरूले पनि त्यसपछि प्रेम गृहस्थीमा प्रवेश गरेको तीतो बोध गरिरहेका हुन्छन् । यस बारेमा मैले विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू पुस्तकभित्र तीन घुम्ती उपन्यासको विश्लेषणमा चर्चा गरेको छु । 

प्रेम जब शरीरसँग जोडिन पुग्छ, त्यही बिन्दुबाट आपसी वितृष्णाको सुरुवात हुन्छ । प्रेम प्राप्तिमा हैन, अपेक्षामा जीवन्त रहन्छ ।