• १२ असार २०८१, बुधबार

झापा गोल्ड कपको मुख्य प्रायोजकमा चौधरी ग्रुप

blog

मुख्य प्रायोजकको सम्झौता गर्दै गोल्डकपका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपका मार्केटिङ विभागका युवराज खत्री। तस्बिर : लीलाराज खड्का

लीलाराज खडका

विर्तामोड, माघ २४ गते। आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म झापाको मेची रङ्गशाला भद्रपुरमा  आयोजना हुन गइरहेको प्रथम भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजन मुस्ताङ बियरले गर्ने भएको छ।  

मंगलबार झापाको भद्रपुरमा आयोजक गोल्डकपका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपमा मार्केटिङ्ग विभागका युवराज खत्रीबीच प्रतियोगिताको मुख्य प्रायोजन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो। चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेसँगै गोल्ड कपको नाम समेत मुस्ताङ भद्रपुर झापा गोल्डकप राखिएको छ। 

यसैबीच प्रतियोगिता सम्पन्न गर्न कुल एक करोड ५० लाख लागत लाग्ने र प्रतियोगितामा आयोजकसहित नेपालका प्रमुख सत टिम सहभागी हुनेछन्। प्रतियोगितामा सङ्कटा फुटबल क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, नेपाल पुलिस, चर्च ब्याईज र भारतको जिएफसी क्लब, बंगलादेश स्थित ढाकाको क्लब र भुटानको क्लबले समेत सहभागिता जनाउने अध्यक्ष ढकालले जानकारी दिनुभयो। 

प्रतियोगितामा हरेक दिनको म्यान अफ द म्याचलाई नगद १० हजार र प्रतियोगिताका विधागत खेलाडीलाई नगद २५ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार रुपियाँ प्रदान गरिने जानकारी दिइएको छ। 

प्रतियोगिता सञ्चालनका लागि सौर्य एयरलाइन्सले समेत नगद १० लाख रुपैयाँ प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद १३ लाख र दोस्रो हुने टिमले सात लाख नगद पाउने छ। 

सम्झौता कार्यक्रममा बोल्दै भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भद्रपुर नगरपालिकामा यसअघि त्रिभुवन गोल्डकपका नामले गोल्डकप हुने गरेकोमा बीचमा १८ वर्ष पछाडि पुन भद्रपुर गोल्डकपका नामले प्रतियोगिता सुरु हुन लागेको बताउनुभयो।