शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २४ गते । नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्नुभएको हो।
चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाईं, सरस्वती खत्रीले अभिनय रहेको छ। कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको विषयमा केन्द्रित चलचित्रमा स्व. मोती विष्टको प्रस्तुति, अर्जुन जीसीको सम्पादन रहेको छ।