• १२ साउन २०८१, शनिबार

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच औपचारिक छलफल सुरु

blog

काठमाडौं, माघ २० गते । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँग नेपाल र मलेसियाबीचको श्रम सम्बन्धका बारेमा औपचारिक छलफल हुनेछ । 

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेट जारी छ । मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । ३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आउनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम छ । 

भेटमा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने बताइएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा श्रमिक पठाउनेमा नेपाल प्रमुुख स्रोत देश भएकाले नयाँँ व्यवस्था र परिस्थितिअनुसार नेपाली श्रमिक लैजाने वातावरण बनाउन मलेसियाको टोली आएको जानकारी दिनुुभयो ।