• १२ असोज २०८१, शनिबार

झापामा फाइबर लेजर मेसिनबाट शल्यक्रिया सुरु

blog

विष्णु पोखरेल

दमक, माघ १९ गते । झापाको भद्रपुरमा रहेको ओम साइ पाथिभरा हस्पिटलले बिश्वस्तरीय फाइबर लेजर मेसिनबाट शल्यक्रिया सुरु गरेको जनाएको छ । हस्पिटलले आफ्नो चौधौँ वार्षिकोत्सवको अवसर पारेर यो सेवा सुरु गरिएको जनाएको हो ।

किड्नीमा  रहेको ढुङ्गा, पिसाब नलीमा रहेको ढुङ्गा, पिसाब थैलीमा रहेको ढुङ्गा, प्रोस्टेटको  शल्यक्रिया नचिरीकन र प्वाल पनि नपारी  गरिने लेजर सेवा  सुचारु  गरेको अस्पतालका अध्यक्ष दिपकुमार पोखरेलले बताउनु भएको छ ।

लेजर मेसिनद्वारा प्रदान गरिने सेवा बिरामीका लागि सरल र सहज हुने पनि अध्यक्ष पोखरेलले बताउनु भएको छ । यो सेवा लिन यस क्षेत्रका बासिन्दा भारत तथा अन्यत्र जानुपर्ने अवस्था रहेका जनाउँदै अब यही यो सेवा सुरु भएको पोखरेलको भनाइ छ ।



वि=स=२०६६ सालबाट सुरु भएको यस अस्पतालले आइसियु, डायलिसिस,  ल्याप्रोस्कोपिक सर्जरी, न्युरो  सर्जरी, नाक कान घाटीको सर्जरी, अर्थोपेडिक सर्जरी लगायतको सेवा लिँदै आएको छ ।

अस्पतालका कन्सेल्टेण्ट ल्याप्रोस्कोपिक तथा युरोलोजी सर्जन डा. शशि के सिंहका  अनुसार उपचारको नयाँ नयाँ विधि आइरहेको अवस्थामा विश्व स्तरीय लेजर

-आरआइआर_ प्रविधिको प्रयोगले बिरामीलाई राहत मिल्ने जनाउनु भयो । सो अस्पतालले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।