• ८ मंसिर २०८१, शनिबार

साफ यू–२० महिला टोलीको बिदाइ

blog

काठमाडौं, माघ १७ गते । बङ्गलादेशमा फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मंगलबार सातदोवाटोमा आयोजित कार्यक्रमबीच खेलाडीको बिदाइ गरेको हो । 

च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटानको सहभागिता रहनेछ । च्याम्पियनसिपको उपाधि चुम्ने लक्ष्य राखेको नेपालले पहिलो खेल ३ तारिख आयोजक बङ्गलादेशसँग खेल्नेछ । नेपालले दोस्रो खेल ५ तारिख भुटान र अन्तिम खेल ७ तारिख भारतसँग खेल्नेछ । लिग चरणको शीर्ष दुई टोलीबीच ९ तारिख फाइनल खेल हुनेछ । 

नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ हुनुहुन्छ । प्रीति राईको कप्तानमा रहेको नेपाली टोलीको गोलरक्षकमा कविता विक, सावित्री किसन र लीला जोशी हुनुहुन्छ । रक्षकमा सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यसमलाई मगर, प्रतीक्षा चौधरी र कुमारी तामाङ हुनुहुन्छ । 

यसैगरी मिडफिल्डरमा कप्तान राईसहित तुलसा बोहरा, कुसुम खतिवडा, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, अञ्जलि मचामसी, सरस्वती हमाल र दिपा शाही हुनुहुन्छ । स्ट्राइकरमा गरिमा राई, अमिसा कार्की, ममता पुन र अञ्जलि चन्द हुनुहुन्छ । 

टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राईलगायतले बिदाइ गर्नुभयो । नेपाली महिला टोली बुधबार बङ्गलादेश प्रस्थान गर्नेछ ।