काठमाडौं, माघ १५ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गिरोनामाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसैको मैदानमा १–० गोलले हरायो ।
बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गर्नुभयो । पेड्रीले ६१औं मिनेटमा जोर्डी अल्बाको पासमा गोल गर्नुभएको थियो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले १८ खेलबाट ४७ अङ्क बनाएको छ ।
बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ६ अङ्कले पछि पारेको छ । पराजित गिरोना २१ अङ्कसहित १२औं स्थानमा छ ।