• १२ असोज २०८१, शनिबार

धनगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, माघ १४ गते। धनगढीबाट गइरहेको म १ ह ८२४ नम्बरको अटो कञ्चनपुरको पुनर्वास नगरपालिका-५ मा दुर्घटना हुँदा सवार एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी घाइते हुनुभएका हेटौडाका ३० वर्षीय सरोज रिमालको उपचारको क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो। 

दुई जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएको छ। प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार महोत्तरीको बर्दिबास घर भएका २२ वर्षीय सुशील बुढाथोकी र १८ वर्षीया सबिना घिमिरे घाइते हुनुभएको छ। उहाँहरूको खुट्टामा सामान्य चोट लागेको छ। मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अटोसहित चालक २२ वर्षीय रमेश देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।