• १३ साउन २०८१, आइतबार

शैली थिएटरमा ‘माउजङ बाबुसाहेबको कोट’

blog

काठमाडौँ, माघ १३ गते। कथाकार भवानीप्रसाद गुप्ता (भवानी भिक्षु)को कथामा आधारित नाटक ‘माउजङ बाबुसाहेबको कोट’को मञ्चन सुरु भएको छ। रातोपुलस्थित शैली थिएटरमा नाटक मञ्चन भइरहेको छ। 

नाटक एक बिर्तावाल घरानियाँ राणा अर्थात् माउजङ बाबुसाहेबको मनोविज्ञानमा आधारित कथा हो। कथाको मुख्य पात्र बाबुसाहेबलाई कोही विशिष्ट राणाले एउटा ओभरकोट बक्सिस दिएको हुन्छ। उनी र उनको सो कोट एक–अर्काका पर्याय हुन्छन्। 

देशमा आएको प्रमुख राजनीतिक परिवर्तनपछि उनको कोटले पाउने मानसम्मानको मूल्यमा क्रमिक रूपमा गिरावट आउन थाल्छ र यी कुराबाट बाबुसाहेबमा उत्पन्न मनोविज्ञान नाटकको मुख्य कथा हो। 

नाटकलाई सविन न्यौपानेले नाट्य रूपान्तरण गर्नुभएको हो भने विवेक न्यौपानेको नाटकमा निर्देशन रहेको छ। सरोज अर्याल, रीता थापा, सन्तोष थापा, सानु पाण्डेय, दिवाकर घिमिरे, प्रनेश गौतम, सविन लुइँटेल र सुनील खड्कालगायतको नाटकमा अभिनय रहेको छ। नाटक माघ २५ गतेसम्म मञ्चन हुनेछ।