गाेरखापत्र अनलाइन
ललितपुर, पुस २३ गते । सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई निरन्तरता दिनुभएको छ । उहाँले हालै महालक्ष्मी नगरपालिकाभित्रका १५ वटा सरकारी विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेर सो अभियानको निरन्तरता दिनुभएको हो ।
ललितपुर महानगरपालिका स्थापना भएको १००औँ वर्षगाँठ र संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको पनि १०० वर्ष पुगेको उपलक्ष्यमा कल्पना महर्जनले तिब्बतबाट सफलतापूर्वक दोस्रोपटक सगरमाथाको शिखरमा पुगेपछि सो अभियान उद्घोष गर्नुभएको थियो ।
महालक्ष्मी नगरपालिकाको प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले यस अभियानको लागि विशेष भूमिका निर्वाह गर्नुभएको छ । राजधानी काठमाडाैंसँगै जोडिएको महालक्ष्मी नगरपालिकाको ग्रामीण क्षेत्रहरूमा बाल विवाह भइरहेको हुँदा यस अभियानलाई सुरुवात गरिएको अभियन्ता कल्पना महर्जनले बत्ताउनुभयो ।
बालविवाह रोकथाम अभियान सफल पार्न नगरपालिकाभित्रका सम्बद्ध पक्षसँग उहाँले आग्रह गर्नुभएको छ । साथै, अभियानका लागि आर्थिक, भौतिक, नैतिक सहयोगका लागि पनि उहाँले आग्रह गर्नुभयो ।