सन्तोष राउत
सोलुखुम्बु, फागुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की विजयी हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार कार्की १३ हजार १६६ मत प्राप्त गरी विजयी हुनुभएको हो।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गर्नुभएको छ। कार्कीले राईलाई ३ हजार ७५२ मतान्तरले पराजित गर्नुभएको हो।
यसैगरी, नेकपा (एमाले) की उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका बीएस राईले ३ हजार ३६३ मत ल्याउनुभएको छ।
त्यस्तै, उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८ मत, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ मत र आम जनता पार्टीका गुणराज एफ. भट्टराईले ४२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।