• ९ मंसिर २०८१, आइतबार

तनहुँको खानीखोलामा पृथ्वी राजमार्ग दुईतर्फी आवागमन बन्द

blog

खानी खोलामा गएको पहिरोले अवरुद्ध भएको सडक । तस्बिर– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस ३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित खानीखोला पुलमा पहिरो जाँदा दुईतर्फी पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

आइतबार बिहान १० बजे खानीखोला पुलमा सडक निर्माणको क्रममा पुलको छेउ भासिन गई दुईतर्फी सवारी आगवन पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक प्रमुख राजिव विष्टले बताउनुभयो । मर्मत सम्भार गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

मर्मत सम्भारका लागि करिब ५ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएकाले सवारी साधनहरूले वैकल्पिक मार्गको प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।