गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २८ गते । थाईल्याण्डको राजकुमारीलाई बुधबार बिहान हृदयाघात भएको राजदरबार स्रोतले जनाएको छ ।
राजा वाजिरालोन्क्रोर्नका जेठी छोरी राजकुमारी बज्रकिटियाभा राजधानी बैंककको उत्तरी पूर्व क्षेत्रमा कुकुरहरूलाई प्रशिक्षण दिइरहेको बेला हृदयाघात कारण ढल्नुभएको थियो ।
४४ वर्षीय राजकुमारीलाई नजिकै रहेको अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट बैंककमा ल्याएर उपचार भइरहेको छ ।
दरबारका अनुसार अहिले उहाँको स्वास्थ्यस्थित केही हदसम्म सामान्य रहेको छ । बीबीसी