• १३ साउन २०८१, आइतबार

बुद्धिसागरको उपन्यास कृति ‘एक्लो’ सार्वजनिक

blog

बुद्धिसागरको उपन्यास कृति ‘एक्लो’ सार्वजनिक । तस्बिरः फाइन प्रिन्ट

काठमाडौं, मङ्सिर २४ गते । लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास कृति ‘एक्लो’ लोकार्पण भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण भएको हो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका हुन्। 

लेखक बुद्धिसागरले पाठकसँग भेटिनु आफ्ना लागि लेखनको ऊर्जा रहेको पनि उल्लेख गर्नुभयो। लेखकले कथा कल्पँदा पाठकले पात्र पाउने र पाठकहरूले कथा पढ्दा लेखकले अनेक अनूभूति पाउने उहाँको भनाइ छ। ‘यो लेनदेन चलिरहन्छ र मेरा लागि यो संसारकै मीठो लेनदेन हो, यो चलिरहोस्’, उहाँले भन्नुभयो।

कैलालीमा जन्मिएका बुद्धिसागर २०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ। सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्राम (आयोवा) का मानार्थ फेलो उहाँको उपन्यास कर्नाली ब्लुजको अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ। उहाँका ‘फिरफिरे’ उपन्यास एवम् ‘बुद्धिसागरका कविता प्रकाशित छन्। ‘एक्लो’ उपन्यास  फाइनप्रिन्टले प्रकाशन गरेको हो।