• २१ वैशाख २०८१, शुक्रबार

नेपाल कै माया लाग्छ

blog

मुनाको मङ्सिर अङ्कको आवरणमा देखिएकी सानी नानी हुन आयुश्वी ढकाल । उनी चार वर्षदेखि आमाबाबाका साथमा अस्ट्रेलिया बस्दै आएकी छिन् । हाल उनी अस्ट्रेलियाको लेक मोङ्कर प्राइमरी स्कुलमा कक्षा ३ मा पढ्छिन् । नेपालमा १ कक्षा मात्र पढेकी आयुश्वीले नेपालको आफ्नो ठाउँ र पढेको विद्यालय धेरै नै सम्झिरहेकी छिन् । 

नेपालका बारेमा उनलाई धेरै कुराको ज्ञान छ । अफ्नो देशका बारेमा बोलेर उनले विद्यालयमा पनि धेरै पटक पुरस्कार पाएकी छिन् । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले समयसमयमा आयोजना गर्ने विभिन्न सांस्कृतिक कार्यक्रममा उनले नेपाली गीतमा असाध्यै राम्रो नृत्य गरेर सबैलाई चकित पार्छिन् । 

केही समयअघि अस्ट्रेलियामा रहेका नेपाली बालबालिकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नेपाली कला र संस्कृति हाम्रो पहिचान नामक कार्यक्रममा राम्रो नृत्य प्रस्तुत गरेर उनले सबैको मन जितेकी थिइन् ।

सानैदेखि नेपाली कला, संस्कृति, धर्म र भाषा भनेपछि खुसी हुने आयुश्वी विदेशमा रहेर पनि हरेक दिन साँझ भगवान्को आरती गर्छिन् । उनी भगवान्का मन्त्र, श्लोक र स्त्रोतहरू पनि कण्ठस्थ भन्न सक्छिन् । विदेशमा बसे पनि नेपालका हरेक कुरा 

सम्झेर प्रस्तुत गर्ने आयुश्वी विदेशमा रहेका अन्य नेपाली बालबालिकाभन्दा धेरै कुरामा अगाडि छिन् । 

छोरीलाई सजिलो होस् भनेर परिवारमा सबैले नेपाली भाषा बोल्ने गरेकाले आयुश्वीले राम्रो नेपाली बोल्ने र लेख्ने गरेको बाबा निरज ढकालको बुझाइ छ । आयुश्वीले आफू पढ्ने विद्यालयमा  नेपालको हिमालहरू, सगरमाथा, बुद्ध, धरहराको राम्रो चित्र बनाएर देखाउने गर्छिन् । उनले कुराकानीको क्रममा भनिन्, मलाई 

मुना पत्रिका धेरै मन पर्छ । नेपालबाट आउँदा ल्याइदिनुभएको पुरानो मुनाहरू मसँग धेरै छ ।